उर्लाबारी।आज प्रणय दिवस अर्थात भ्यालेन्टाइन्स डे, नेपालसहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट मनाइन्छ।
माया प्रेममा जे पनि जायज हुन्छ भन्ने उदाहारणहरु पछिल्लो समयका केही घटना क्रमले देखाउँछ।लेटाङ–१ की बुद्धिमाया राई सामाजिक सञ्जालको माध्यमबाट माया प्रेममा परी पाँचथरको मिक्लाजुङ–१ का हिमाल राईसँगे भागे।जबकी बुद्धिमायाका २ छोरी थिए । श्रीमान भूपाल विदेशमा थिए।विदेशमा रहँदा श्रीमति अर्कैसँग भागेको कुराले भूपाल धेरै रोए।त्यसपछि विदेशबाट फर्किए।
करिब ७ महिना हिमालसँग विताएकी बुद्धिमाया फेरि पहिलो श्रीमान भूपालसँग फर्किएकी छिन्।आफ्नो बुद्धि बिग्रेकाले धेरै माया गर्ने श्रीमान र छोरीहरु छोडेको पछुताउँदै फेरि पुर्नमिलन भएको छ।भूपालले पनि छोरीहरुको मायाले गर्दा एक पटक माफी दिएका छन्।अर्का श्रीमान हिमालले पनि खुशी हुनु पर्ने श्रीमति जिम्मा लगाएका छन्।
प्रतिक्रिया