श्वेताले भावुक हुँदै भनिन,मैले माझी बस्तिको हिसाब हिनामिना गरेको भए जुत्ताको माला लगाएर बस्ती परिक्रमा गर्छु (भिडियो सहित)

इनेप्लिज २०७७ फागुन २ गते ११:११ मा प्रकाशित

नायिका श्वेता खड्काले माझी बस्तीलाई लिएर भ्रामक समाचारहरू प्रसारण भएको दाबी गरेकी छिन् ।केही समययता उनले निर्माण गरेको भनिएको माझी बस्तीमा श्वेता खड्काको लगानी नै नरहेको विवरण सहितका समाचार मिडियाहरूमा प्रकाशित भएपछि उनले ती समाचारको खण्डन गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी हुन्।उनले ३ बर्ष अगाडि माझी बस्ती निर्माणको लागि अगुवाइ गर्ने जिम्मेवारीलाई आफ्नो काँधमा बोक्ने साहस गरिरहँदा त्यो बेलामा आफ्नो अगाडि र पछाडि आफूलाई सहयोग गर्नेहरुको लर्को नभएको र त्यतिबेला आफूसँग धन पनि नभएको बताएकी छिन्।

उनले त्यतिबेला आफूसँग ‍आत्मविश्वास र साहस भएकाले माझी बस्ती निर्माणमा जुटेको बताएकी छिन्।श्वेताले ‍बस्ती निर्माण गर्ने कार्य अन्तिम अवस्थामा पुगेको बताएकी छिन्।‘मैले श्वेताश्री फाउण्डेशनको नाममा पैसा उठाएर विलासी जीवन बिताएको प्रतिकृयाहरु पनि देखेकी छु।जसले मलाई फाउण्डेशनको नाममा पैसा उठाएर त्यसको गलत प्रयोग गरेको प्रमाणित गर्छ त्यो प्रमाणित भएकै दिन जुत्ताको मालासहित कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्न तयार छु,’ स्वेताले स्टाटसमार्फत भनेकी छिन्।

भिडियो

प्रतिक्रिया