यूवा नेतृहरुको फरक धार : झाँक्री र चौधरी

दिपक पन्त २०७७ फागुन १ गते १९:३३ मा प्रकाशित

नेकपाका दुई यूवा महिला नेतृ राम कुमारी झाक्री र शान्ता चौधरी आ -आफ्नो बर्ग संघर्षबाट स्थापित भएका नेतृहरु हुन् । राजनीतिमा स्थापित हुनदुबैले राजनीतिक दाउ पेचका सम्पूर्ण हतियारहरु चलाई सकेको अनुभव छ भन्दा अन्यथा नहोला ।

तत्कालिन नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको राष्ट्रीय अध्यक्ष जस्तो पदमा रही बिधार्थी आन्दोलनको सफल नेतृत्व गरेकी झाक्रीको सफल राजनीति त्यति बेला देखि नै चर्चा थियो ।

जन आन्दोलन २०६२/६३ मा जब झाक्रीको रगतले लत्पतिएको अनुहार सहित टाउकोबाट रगतको धारा बगेको फोटो कान्तिपुर दैनिकमा छापियो । झाक्री उति बेला पनि निक्कै चर्चा आएकी पात्र हुन् । जसरी हिजो आज उनको सार्बजनिक मन्तव्यलाई लिएर सरकारले उनलाई गिरफ्तार गरेको देखि उनि राजनीति वृतमा चर्चामा छिन् । यद्यपि सरकारले सामान्य सोध पुछपछि झाक्रीलाई रिहा गरी सकेको छ । झाक्री विघटित संसदमा समानुपातिकबाट सभासद थिइन् ।

त्यस्तै कम्लहरी आन्दोलनबाट उदाएकी अर्की नेतृ शान्ता चौधरी पनि नेकपा भित्र स्थापित नेतृ हुन् । शताब्दी औ देखि चलेको कम्लहरी प्रथा र त्यसको उन्मुक्तिका लागि उनले गरेको त्याग,बलिदान र संघर्षलाई कम आकलन गर्न सकिदैन ।

राजनीतिमा स्थापित हुदै गर्दा बल्ल औपचारिक शिक्षा शुरुआत गरेकी चौधरीको आत्मबल,साहस र लगनशीलतालाई सबैले तारिफ गरेका छन् । औपचारिक शिक्षाको राम्रो ज्ञान लिन नपाएकी चौधरीले यस अघिकै संसदको राज्य व्यवस्था समितिको सभापति भएर आफ्नो सफल कार्यकाल पुरा गरेकी थिइन् भने विघटित संसदको समानुपातिक सभासद थिइन् ।

सामाजिक /राजनीति वृतमा आफ्नै छबि बनाएका उमेरका हिसाबले समकालीन लाग्ने यी दुइ नेतृको अबको यात्रा निक्कै फरक बाटो तिर हिडेको देखिन्छ ।

नेकपा मूल नेतृत्वको बिबादको घेरामा यी लगायत धेरै दोस्रो/तेस्रो पुस्ताका नेताहरु पिसिएका छन् । राजनैतिक दाउपेचको धेरा विभाजनको आहालबाट बच्न सकेको देखिदैन् । फलस्वरूप ऊ वाउनीहरुको अभिव्यक्ति पार्टीगत नभई गुटबन्दि बन्न पुगेको हामी सबैले बुझेकै अवस्था हो ।

आजको अबस्था सम्म आइ पुग्दा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के.पी.ओली र अर्का अध्यक्ष प्रचण्डको कित्ता फरक धारमा बगी सकेको छ । यसरी हेर्दा यो विभाजनले आफु निकट रहेका अन्य नेताहरुमा समेत फुटको अबस्था देखिएको छ ।

त्यसकै प्रतिफल स्वरूप आशालाग्दा केही सेलिब्रेटी राजनीतिकर्मी झाँक्री र चौधरी हिजो आज सिंगो नेकपाको बखान गर्न सक्ने अबस्थामा छैनन् । शान्तालाई प्रधानमन्त्री ओलीका स्टाटस शेयर गर्दै फुर्सद छैन् भने रामकुमारीलाई ओली बिरुद्धको अभिव्यक्ति दिदै प्रचण्ड -माधबको साथ दिदै फुर्सद छैन् ।

दमदार आवाज सहित धारा प्रबाह बिधार्थी काल देखि नै भाषण गर्न खप्पिस झाक्री गोरखाको आमसभामा दिएको पछिल्लो अभिव्यक्तिले बिबादित बनेकी हुन् ।

दाङ जिल्ला आफ्नो राजनीति केन्द्र बनाएकी चौधरी पनि प्रधानमन्त्रि ओलीका हरेक कदमलाई साथ दिदै आएकी छन् । प्रधान मन्त्रीले सम्बोधन गर्ने हरेक कार्यक्रममा सहभागिता जनाउदै ओली समुहको एक खम्बाको रुपमा स्थापित भएको देख्न सकिन्छ ।

हुन् त् नेकपा भित्र युगले आश गरेका भुसाल देखि समयको गेस पेपर बन्न सक्ने योगेश सम्मकोअवस्था यही छ । यसमा शान्ता र झाँक्री मात्र अछुतो बन्न सक्ने कुरा भएन ।

केही समय पहिला सरकार धामी झाँक्रीको डम्फुले चल्ने होइन भन्ने छुद्र टिप्पणी गरेका ओलीलाई आजको झाँक्रीको रुप चर्को पर्ने अबस्था देखिएको छ । भलै उद्धार गरिएका शान्ताहरुले राम्रो साथ दिई रहेका छन् ।

तै पनि राजनीति सस्कार भित्र कटु छुद्रता ,असभ्य मान /मर्दन जस्ता गाली /गजौलमा नेपाली रजनीति कर्मीहरुको वक्तव्य बाजी चलि रहनु दुखद संयोग हो ।

यसले पछिल्लो युवा पुस्ताले के सिक्ला ? के अनुशरण गर्ला ? निहित स्वार्थ माथि टेकेर तल्लो स्तर सम्म बोलिने भाषण बाजीलाई नेतृत्व तहबाटै शिष्ट मर्यादित बनाउन मुख्य भूमिका खेल्नुपर्छ । नकि २/४ घन्टे पुर्जी थमाएर गिरफ्तारी गर्यो अनि छोड्यो ?

अत्यमा, आ- आफ्नै बिरासतबाट मुलत पिछडिएको जनजाति र स्थानीय ग्रामिण परिवेशबाट नेपाली राजनीतिमा आफ्नो निरन्तरता /बलिदानीबाट स्थापित बनाएको तपाइँहरुको नाम /पहिचान टाउके नेता गणको आपसी दम्भ /अहंकारको शिकारमा इतिहाँसमा बिलिन नहोस् ।

यही मेरो झाँक्री र चौधरीद्वय राजनीति कर्मीलाई शुभ कामना !

दीपक पन्त ,मिल्वाकी,अमेरिका

प्रतिक्रिया