सिडी बिजय र प्रविशाको भ्यालेन्टाइन विशेष ‘दुरी मजबुरी’ गीत सार्वजनिक (भिडियो सहित)

इनेप्लिज २०७७ माघ ३० गते १०:३४ मा प्रकाशित

 

काठमाडौ।गायक सिडी बिजय अधिकारी र गायिका प्रविशा अधिकारीको भ्यालेन्टाइन विशेष ‘दुरी मजबुरी’ बोलको गीत सार्वजनिक भएको छ। एनेक्समक्स म्युजिक नामक म्युजिक प्रोडक्सन टिमद्धरा सिर्जित बिश्वभरीनै चर्चित ट्युनमा म्युजिक भिडियो ‘दुरी मजबुरी’ रिलिज भएको हो।टिकटक,भ्ल्ग, युट्युब लगायत थुप्रै स्थानमा पहिलेनै निक्कै चर्चा कमाइसकेको ट्युनमा गायक सिडी बिजय अधिकारीले शब्द तथा संगीत सिर्जना गरेर गायिका प्रबिशा अधिकारीसंग गाएका छ्न्।‘दुरी मजबुरी’ गीत इनाक्षी इन्टरटेन्मेन्ट युट्युव च्यानलबाट सार्वजनिक भएको छ।भ्यालेन्टाइन विशेष बनेको यो गीत मर्मस्पर्सी बनेको छ।

उत्तम श्रेष्ठ ‘शिशिर’ले निर्देशन गरेको भ्यालेन्टाइन विशेष ‘दुरी मजबुरी’ बोलको गीतको म्युजिक भिडियो पनि दमदार बनेको छ।अहिलेका चर्चित मोडल सुधिर श्रेष्ठ नव मोडल अशु न्यौपानेको साथमा चर्चित अभिनेता सरोज खनाल,रश्मि भट्टसंगै निर्देशक उत्तम श्रेष्ठ ‘शिशिर’को पनि दमदार अभिनय देख्न सकिन्छ। सस्पेन्स सहित अन्त्य भएको म्युजिक भिडियोको फिमेल भर्सन सहित म्युजिक भिडियो चाडै आउने गीतका टिमले बताएका छन्।

निर्देशक उत्तम श्रेष्ठ ‘शिशिर’ले निकै समय र मेहेनत लगाएर बनाएको यस म्युजिक भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका हुन्।गीतमा कोरियोग्राफी सन्तोष राजबहाकको रहेको छ।अमृत चापागाईले सम्पादन गरेको भिडियोलाई जनता डिजिटल फिल्मस्ले पोस्ट प्रोडक्सन हेरेका छन्।

प्रतिक्रिया