भागरथी भटट्को हत्यारा माथी कारवाहीको माग गर्दै सुदुरपश्चिमका विभिन्न स्थानहरुमा दिनहुँ नारा जुलुश र प्रदर्शन गरिदै

वीरेन्द्र रावल २०७७ माघ २९ गते २३:३२ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी सुदुरपश्चिमका विभिन्न जिल्लहरुमा दैनिक रुपले नारा जुलुशहरु गरिने क्रम नियतिझै बनिरहेको छ।हत्या,हिंसा,बलात्कारका विरुद्ध दिनुहजसो सडकमा युवा,विद्यार्थी र राजनीतिक दलहरु प्लेकार्ड र व्यानर सहित कारवाहीको माग गर्दे प्रदर्शनहरु हुने गरेका छन्।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चेडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारालाई चाडो खेजी गरी कारवाहीको माग गर्दै जिल्लामा प्राय दैनिक जासो प्रदर्शन हुन थालेको छ।

सहकर्मी बिद्यार्थी साथीलाई बलात्कार गरी हत्या गरेको हप्ता दिन भन्दा बढी समय हुँदा समेत अहिले सम्म हत्यारा तथा बलात्कारी पत्ता नलागेको भन्दै यहाँका बिद्यार्थीहरु आन्दोलनमा उत्रिन थालेको अनेरास्वयू डोटीका सह–संयोजक प्रकाश जोशीले बताउनुभयो।

उहाँले भन्नुभयो,“भागरथी बहिनीको बलात्कार पछि हत्या भएको आज हप्ता दिन भन्दा बढी भइसकेको छ,अहिले सम्म प्रहरी प्रशासनले हत्यारा त परै जाओस सुराक सम्म पत्ता लगाउन नसकेका कारण हामी आन्दोलन गर्न बाध्य भएका छौँ,हत्यारा चाडो पत्ता लगाओस।”

जिल्लामा कहिले क्याम्पसका बिद्यार्थी तथा कहिले हाइस्कुलका बिद्यार्थीले पालैपालो गरी आन्दोलन गर्न सुरु गर्ने तथा प्रदर्शन गर्ने गरेका छन्।उनीहरुले दैनिक जसो जुलुस निकालेर जिल्ला प्रहरी कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालय अगाडी आएर कोणसभाको आयोजना गर्ने गरेको जिल्ला प्रशासन कार्यालय डोटीका खरिदार तेजबहादुर खड्काले जानकारी दिनुभयो। भागरथीका हत्यारा तथा बलात्कारीको खोजी अनुसन्धान गर्नका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (डिआइजी) उत्तमराज सुबेदी र प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेय सहितको टोली अहिले बैतडीमै खटिएको छ।भागरथी हत्याको घटनालाई आफुहरुले निकै साधुरो बनाउदै ल्याएको प्रदेश प्रहरी प्रमुख सुबेदीले बताउनुभयो ।उहाँले भन्नुभयो,“कति पय अनुसन्धानका कुरा अहिले नै भन्न सकिदैन,भागरथी घटना निकै साघुँरो बनाउदै ल्याएका छौँ,चाडै हत्यारा पत्ता लाग्नेमा विस्वस्थ भएका छौँ।”

भागरथी भट्टको ‘भेजाइनल स्वाब’ परिक्षणका लागि काठमाडौँ पठाइएको छ।बलात्कार पछि हत्या गरिएको आशङ्का गरिएकी उनको स्वाब परीक्षणका लागि राष्टिूय विधि विज्ञान प्रयोगशालामा पठाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो।

घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशङ्का गरिएकाले स्वाब परीक्षणका लागि पठाइएको उहाँको भनाइ छ।स्वाब परीक्षण पछिको रिपोर्टले थप अनुसन्धानका लागि सहज हुने प्रहरीले अपेक्षा लिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार प्रहरीले भागरथीका आफन्तसँग सोधपुछ गर्नुका साथै शङ्कास्पद व्यक्तिमाथि बढी निगरानी बढाएर सुक्ष्म अध्ययन गरिरहेको जनाएको छ।यसका साथै तालिम प्राप्त कुकुरले भागरथीको हत्या भएको जङ्गल क्षेत्र पनि प्रहरीले ‘सर्च’ गरेको थियो।तर कुकुरले खासै ठोस प्रमाण भने भेटाउन सकेको थिएन्।उनले प्रयोग गरिरहेको मोबाइलबाट पनि केही कुरा पत्ता लाग्ने प्रहरीको अनुमान रहेको छ।

भागरथी भट्टको हत्यामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न राष्टिूय मानव अधिकार आयोग,यहाँका बिभिन्न संघ संस्था,नागरिक समाज सहितका व्यक्तिले सरकार सँग माग गरेको छन्।

उनीहरुले विज्ञप्ति जारी गर्दै उक्त घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न,अनुसन्धानको क्रममा साक्षीको सुरक्षा र प्रमाण सङ्कलनमा विशेष सावधानी अपनाउन,घटनामा संलग्न दोषीको शीघ्र पहिचान गरी कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई अन्तरिम राहत उपलब्ध गराउन समेत सरकारसँग आग्रह गरेको छ।

यसै गरी बैतडीको दोगडाकेदार–७ की १७ वर्षीय छात्रा भागरथी भट्टको बलात्कारी हत्यारालाई कारबाहीको माग गर्दै शिवनगर युवा समूह धनगढीले ¥याली सहित दीप प्रज्वलन गरेको छ।

दोषीलाई कारबाहीको माग र भागरथी भट्टको आत्माको चिर शान्तिको कामना सहित र्याली सँग(सँगै दीप प्रज्वलन गरिएको शिवनगर युवा समूह का अध्यक्ष कुबेर बम ले जानकारी दिए।

उक्त र्याली तथा दीप प्रज्वलन कार्यक्रमका बिच भगवती न्याय दे,बालबालिका लाई सुरक्षा दे,हत्यारालाई कारबाही गर लगायतका नारा गुन्जिएका थिए।

भागरथीका हत्यारालाई कारवाहीको माग गर्दै अखिल (क्रान्तिकारी) कैलालीले बैतडी जिल्ला,दोगडाकेदार–७ की १७ वर्षीया छात्रा भागरथी भट्टको बलात्कारी हत्यारालाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेको छ।

अखिल (क्रान्तिकारी) कैलालीले लम्किमा कालो ब्यानर, पर्चा, पम्पे लेट सहित प्रदर्शन गरेको छ।उक्त विरोध प्रदर्शन कार्यक्रममा अखिल (क्रान्तिकारी )का केन्द्रीय सदस्य बबरजङ सिंह, लगायत जिल्ला तहका विद्यार्थी नेता कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

विरोध र्याली जनजागृति माध्यामिक बिद्यालयको गेट बाट सुरु गरेको थियो। रयालिमा बलात्कारी हत्यारालाई कारबाही गर,सामाजिक सुरक्षाको ग्यारेन्टी गर, महिला हिंसा बन्द गर,अखिल ( क्रान्तिकारी ) के भन्छ ? बलात्कारी हत्यारालाई कारबाही गर भन्छ,हत्या हिंसा बलात्कार – केपी ओलीको चमत्कार जस्ता नारा लगाइएको थियो र्याली पछि उक्त विरोध प्रदर्शन कोणसभामा परिणत भएको थियो।

कोणसभा लाई सम्बोधन गर्दै संगठनका केन्द्रीय सदस्य क. बबरजङ सिंह ले भागरथी भट्ट ले न्याय नपाउजेल सम्म संघर्ष गरिरहने भन्दै सामाजिक न्याय को लडाइँमा सबैलाई होमिन अपिल गर्नुभएको थियो।

यो सरकार र यो व्यवस्थाले बलात्कारी हत्यारा को संरक्षण गरेकै कारण आज निर्मला पन्त ले न्याय नपाएको र समाजमा यस्ता जघन्य अपराध बढिरहेकाले अब युवा विद्यार्थीले यो व्यवस्था नै परिवर्तनको लागि संघर्ष गर्दै अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभएको छ।हत्यारामाथी कडा भन्दा कडा कारवाही हुनु पर्ने माग सहित बिहीबार विहान एश्वर्या विद्या निकेतनका बिधार्थीले प्रर्दशन गरेका छन्। आँखामा कालो पट्टी बाधेर उनीहरु प्रर्दशनमा उत्रिएका हुन्।

‘भागरथीलाई न्याय दे,महिलामाथीको हिंसा बन्द गर,ढिलो नहोस,चाँडै न्याय पाइयोस।स्टप रेप, प्रशासन स्वच्छ र निष्पक्ष रहोस’,नारा लेखिएको ब्यानर सहित विद्यालयबाट सुरु भएको विद्यार्थीको र्याली मुख्यमन्त्री कार्यलय अगाडी पुगेको छ।

मुख्यमन्त्री कार्यलयको मूल गेटमा विद्यार्थीले भागरथीलाई न्यायको माग गर्दै नाराबाजी सहित प्रदर्शन गरेका थिए।धनगढी बिधार्थीहरुले भागरथीको न्यायका लागि प्रदर्शन गरिरहेका छन्।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथीको स्थानीय लवलेक सामुदायिक वनमा अवस्थामा शव फेला परेको थियो।भागरथीको बलात्कारपछि हत्या भएको सोमबार पोष्टमार्टम रिपोर्टबाट पुष्टि भएको छ।घटना भएको आठ दिनपुगे पनि दोषीलाई पक्राउ गर्न सकिएको छैन।

तर,हालसम्म सफलता प्राप्त गर्न सकेको छैन।घटनाका दोषी पक्राउ नपर्दासम्म मृतकका परिवारले शव नबुझने अडान लिएका छन्।प्रहरी टोली घटनाबारे गम्भीर ढङ्गले अनुसन्धान गरिरहेको भएपनि अपराधी पक्राउ पर्न सकेको छैन्।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया