‘अनौठो प्रेम

रजनी मल्ल न्यु जर्शी अमेरिका। २०७७ माघ २९ गते २३:१० मा प्रकाशित

मन भित्र कताकता लुकिरहन्छौ तिमी

मुटुको धड्कनमा सधै धड्की रहन्छौ तिमी

हरपलको क्षणहरुमा सधै मुटु माझ मै रहन्छौ तिमी

अनेकौ सपना हेर्ने आँखा भित्र सधै रमाइ रहन्छौ तिमी।

 

तिम्रो साथमा भाबना साट्नु मै आनन्द पाउछु म

एक्लोपनको महशुश भित्र तिम्रै साथ् खोजिरहन्छु म

हरेक भिडभाडमा पनि तिमी बिना सधै एक्लो पाउछु म

तिम्रो निस्वार्थ मायामा नै आफुमा सबथोक पाउछु म।

बशन्त को सुन्दर मौसममा सधै तिम्रै प्रतिबिम्ब सजाईरहन्छु म

शिशिरको त्यो कठोर मौसममा तिम्रै साथमा रमाउछु म

हुरी बतास तुफानमा पनि तिम्रो साथमा सुरक्षित पाउछु म

तिम्रै साथमा मात्र सधै पूर्णताको आभास गर्छु म।

यो कस्तो खालको अनौठो प्रेम मौनता भित्रै लुकिरहने

प्रष्फुटित गर्न खोज्थे तर स्तब्ध भै अल्झीरहने।

रजनी मल्ल 
न्यु जर्शी अमेरिका

प्रतिक्रिया