प्रधानमन्त्रीले सम्वोधन गर्ने विराटनगर जनसभामा १४ जिल्लाका जनताको सहभागिता

मनोज दाहाल २०७७ माघ २९ गते २२:५४ मा प्रकाशित

 


मनोज दाहाल,

विराटनगर,

नेपाल कम्यूनिस्ट पार्टी(नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन ८ गते विराटनगरमा हुने जनसभामा १४ जिल्लाका जनताको सहभागिता हुने छन्।

नेकपा १ नं प्रदेश कमिटीद्वारा आज अपरान्ह आयोजित पत्रकार सम्मेलनमा राष्ट्र, राष्ट्रियता,राष्ट्रिय एकता एवं सार्वभौमसत्ताको रक्षाको सन्देश र ताजा जनादेशमा लिन जनतासमक्ष जानका लागि प्रदेश स्तरिय जनसभाको आयोजना गर्न लागिएको जानकारी दिइएको छ।

नेकपा केन्द्रीय सदस्य तथा प्रचार प्रसार समिति संयोजक राजेन्द्र गौतमले विकास,समृद्धि र राजनीतिक स्थायित्व,सुदृढ लोकतन्त्रका लागि सभाको आयोजना गर्न लागिएको बताउनु भयो।

उहाँले फागुन ६ गते सुनसरीको इटहरी र मोरङको विराटचोकलाई मुल केन्द्र मानेर १० हजारको सहभागितामा मोटरसाईकल र्यालीको आयोजना गर्ने,फागुन ७ गते विहान विराटनगर,इटहरी,धरान,इनरुवा,विराटचौक,दमक,विर्तामोडमा युवाहरुको आयोजनामा प्रभातफेरि गरिने बताउनु भयो।

प्रेस संगठनको इन्चार्ज समेत रहनु भएका नेता गौतमले फागुन ७ गते दिउसो युवा÷विद्यार्थीको मार्चपास र प्रेस संगठन नेपालको प्रदेश स्तरिय भेलाको पनि आयोजना गरिने जानकारी दिनु भयो।

प्रदेशस्तरीय सभालाई प्रधानमन्त्री ओली,गृहमन्त्री रामबहादुर थापा, नेकपा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सम्वोधन गर्नु हुने छ।

प्रदेश १ का १४ वटै जिल्लाबाट १ लाख ३६ हजार भन्दा बढीको जनताको सहभागिता रहने मुल जनपरिचालन समिति सचिव तथा विनोद ढकालले जानकारी दिनु भयो।

जनसभालाई भव्य बनाउनका नेकपा प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेको संयोजकत्वमा १ हजार १११ सदस्यीय समिति निर्माण गरिएको छ।

केन्द्रीय सदस्य गौतम र अर्का केन्द्रीय सदस्य एवं आन्तिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की उपसंयोजक रहेको प्रचारप्रसार कमिटी समेत गठन गरिएको छ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया