बटुवाहरुलाई समेत धरपकड गरेकोमा मानवअधिकार तथा सामाजिक अभियान (काहुरास्ट) नेपालको ध्यानाकर्षण

इनेप्लिज २०७७ माघ २४ गते १३:०० मा प्रकाशित

बटुवाहरुलाई समेत धरपकड गरेकोमा मानवअधिकार तथा सामाजिक अभियान (काहुरास्ट) नेपालको ध्यानाकर्षण भएको भन्दै छापा बिज्ञप्ति प्रकाशित गरेको छ ।

छापा बिज्ञप्तिको पूर्ण पाठ जस्ताको त्यस्तै :

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले असंवैधानिक ढंगले प्रतिनिधिसभाको विघटन तथा संवैधानिक अंगहरुको प्रमुख र सदस्यहरुको गैरकानुनी ढंगले संसदीय सुनुवाई विना शपथ ग्रहण गराएको विरोधमा आज आह्वान गरेको देशव्यापी हड्तालमा केही ठाउँमा झडप, कुटपिट गरिनुका साथै सयौँको संख्यामा गिरफ्तार गरिएका सूचनाहरु अनुगमनका क्रममा पाइएको छ ।

अनुगमनका क्रममा आन्दोलनकारीहरु चोकचोकमा शान्तिपूर्ण रुपमा बसि नाराजुलुस गरेका थिए भने केही ठाउँमा सरकारले बटुवाहरुलाई समेत धरपकड गरी झडपको अवस्था सिजर्ना गरिएको प्रति मानवअधिकार तथा सामाजिक अभियान (काहुरास्ट) नेपालको ध्यानाकर्षण भएको छ ।

नेपालको संविधानले सभा जुलुस गर्न र शान्तिपूर्ण रुपमा सभा सम्मेलन गर्न पाउने अधिकार स्थापित गरेको सन्र्दभमा आन्दोलनकारीलाई उत्तेजित बनाउने र गिरफ्तारीका घटना हुनुलेसंविधानले प्रदान गरेको हकको उल्लघंन भएकोकाहुरास्ट नेपालको ठहर छ ।

वर्तमान सरकारले एकपछि अर्को गर्दै संविधान विरुद्धका निर्णयहरु गर्दै जाँदा देश झनै गम्भिर र संकटग्रस्त बन्दै जाने र द्वन्द्वको स्थिति सिर्जना हुने देखिएको छ । जनताले लामो संघर्षपछिआफैद्वारा निर्मित संविधानका उपलब्धि गुम्न नजावोस्र त्यस्तो स्थिति नआवोस्भन्ने तर्फ सरकार र राजनीतिक दलहरुलाई काहुराष्ट नेपाल गम्भिर ध्यानाकषण गराउन चाहन्छ ।

यस अतिरिक्तसंविधानको रक्षा गर्दै प्राप्त उपलब्धिको रक्षा गर्न र नागरिकको मानवअधिकारको पूर्णप्रत्याभूति सहित बाँच्न पाउने अधिकारको सुनिश्चितता गराउने जिम्मा सरकारको हो, यसतर्फ काहुराष्ट नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छ ।

साथै आजको आम हड्तालका क्रममा गिरफ्तार गरिएकाहरुको तत्काल रिहाई गर्न र झडपमा घाइते हुन पुगेकाहरुको निःशुल्क उपचार गर्न पनि काहुराष्ट नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

प्रतिक्रिया