चर्चित नायक पल शाह र नायिका कविता राए अभिनित म्युजिक भिडियो “तिमि छौ र “सार्वजनिक भएको छ ।कमल खत्री र अश्मिता अधिकारीको आवाज रहेको यस गीतमा शब्द संगीत पनि कमल खत्री कै रहेको छ।
चितवनको रमणीय स्थानहरुमा छायांकन गरिएको यस गीतलाई हरि हुमांगाईले निर्देशन गरेका हुन्।हाल छायांकन भईरहेको चलचित्र ” चोर र पुलिस” मा नायिकाको भूमिका निभाईरहेकी कविताले सिनेमाको छायांकनमा ब्रेक लिएर यस म्युजिक भिडियोलाई समय दिएको र समयको राम्रो सदुपयोग भएको उनले बताईंन।”मैले सोचेको भन्दा पनि राम्रो भिडियो बन्यो म खुसि छु ,यो स्थानमा पुराउने मेरो डिरेक्टर हरि सर ,गायक कमल सरलाई धेरै धेरै धन्यबाद दिन चाहान्छु ” उनले भनिन।करिब एक दर्जन भन्दा बढी म्युजिक भिडियो र थुप्रै चलचित्रमा अभिनय गरिसकेकी नायिका तथा मोडल कबिता राए नेपाली कलाकारितामा राम्रो स्थान बनाउने नायिकाको लिष्टमा पर्दछिन। “कविता जी लाई अभिनय गराउन खासै मेहेनत गर्न पर्दैन उनि स्टेप एकैछिनमा टिप्छीन र सर्टको लागी रेडी हुन्छिन ” निर्देशक हरि हुमांगाईले भने उनको क्यामेरा फेस पनि राम्रो छ।
सार्वजनिक भएको यस गीतबाट अबको निकट दिनमा पल संग सुहाउने जोडीमा कविता पनि राम्रै नम्बरमा पर्ने यस भिडियो बाट पक्का भएको छ।गायक कमल खत्रीको शब्द ,संगीत र आवाज रहेको यस गीतले नेपाली सांगीतिक आकाशमा राम्रै स्थान पाउने पक्का देखिन्छ।सार्वजनिक भएको छोटो समयमा युटुब र टिकटकमा गीतले राम्रै दर्शक श्रोताको साथ् पाएको छ।गीतलाई कमल खत्रीको आफिसिएल युटुब च्यानल कमल खत्री बाट सार्वजनिक गरिएको छ।
प्रतिक्रिया