सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहले आज शक्ति प्रदर्शन गर्दैछ।यसअघि प्रचण्ड-माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेपछि ओली समूहले आज प्रदर्शनसहित नारायणहिटी अगाडि आमसभा गर्न लागेको हो।
यो समूहले शक्ति प्रदर्शनका लागि विभिन्न जिल्ला बाट कार्यकर्ता काठमाडौं उतार्दै छ।आजको सभामा ३ लाख कार्यकर्ता उतार्ने दाबी ओली समूहका नेताले गरेका छन्।सभालाई काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्री र नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
कार्यक्रमको प्रचारका लागि युवा संगठनले बिहीबार साँझ काठमाडौंमा मार्च पास समेत गरेको थियो।काठमाडौंमा जम्मा भएका कार्यकर्ताहरु विभिन्न १३ ठाउँबाट प्रदर्शनसहित निस्किनेछन्।त्यसपछि मध्याह्न १२ बजे नारायणहिटीमा आमसभा हुनेछ।
यसै बीच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हप्की दप्की नगर्न र कानुनको पालना गर्न आग्रह गरेका छन्।नेकपाको प्रचण्ड–माधव समूह नियम तोड्ने,धाक धक्कु लगाउने र कानून मान्दिन भन्दै प्रहरी प्रशासन तथा निर्वाचन आयोगलाई धम्की दिदै हिँडेको उल्लेख गर्दै उहाँले अब ‘कानून मान्दिनँ’भन्ने जमाना गएको टिप्पणी गरे।
‘कानूनको पालना गर्नुहोस् हप्की दप्की गर्ने होइन।पालना गर्न सिक्नुहोस् कानुनको।लोकतन्त्र भनेको कानूनको राज हो।बलमिच्याँईंको राज होइन।प्रचण्डलाई म सम्झाउन चाहन्छु’ बिहीबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले यस्ताे भनेका हुन्।हेर्नुहोस माघ २३ गतेका मुख्य समाचारहरु
प्रतिक्रिया