अमेरिकामा एकछिन हिॅंउसॅंग रमाउॅंदा

-शशी के.सी २०७७ माघ २२ गते २३:२२ मा प्रकाशित

यतिखेर मेरो घर वरीपरी सेताम्मे हिॅंउ छ।घरको छत,चउर,बाटो,लहरै पार्किगंमा राखिएका गाडीको माथि र ठुला रूखका हांगा अनि स-साना धुपिका रूखमा जताततै हिॅंउ थुप्रिएकाछन्।हिॅंउ परेर मनोरम दृष्यमात्र देखिने हैन की, एकछिन हिॅंउ सॅंग खेल्न पाउॅंदा अमेरिकामा केटाकेटी देखि युवा सबै असाध्यै रमाउॅंछन्। केटाकेटीहरू हिॅंउ थुपारेर स्नोम्यान,हिॅंउमा सुतेर स्नोएन्जल,अग्लो ठाउॅंबाट स्नो ट्युबिगं र एकआपसमा हिॅंउ फालेर स्नो फाइटिगं गरेर रमाइलो गर्छन्।हिॅंउमा त घरमापालिएका कुकुरहरू समेत खेल्न रमाउॅंछन्।

हिॅंउ परिरहेको दृष्य घरभित्रबाट हेरिरहन झन् रमाइलो हुन्छ।कहिले हिॅंउ फुस्सफुस्स आकाश बाट कपासका डल्ला खसेजस्तो खस्छ।कहिले हिॅंउको बर्षा जस्तो छ्यार छ्यार आउॅंछ।कहिले हिॅंउ सरर लगातार आउॅंछ भने कहिले चाहीं केहीसमय आउॅंदै, रोक्किदैं गर्छ।अमेरिकामा प्राय: हिॅंउ पर्ने समय नोभेम्बर महिना देखि मार्चको अन्तिमसम्म हो।तर कहिले काहीं अक्टोबर र अप्रिल, मे सम्म पनि पर्छ।अमेरिकनहरू क्रिसमसको दिन हिॅंउ पर्नुलाई असाध्यै शुभ मान्छन्।ह्वाइट क्रिसमस भन्छन्।

हिॅंउ पर्दा एकछिन खेल्न र हेर्न त रमाइलै हुन्छ तर हिॅंउ सफा गर्न चाहीं हैरान हुईन्छ।कतै जानु छैन भने,अरूतिर त अल्छी गरेर बिस्तारै हिॅंउ सोर्ने र सफा गर्दा पनि हुन्छ।तर घर अगाडीको बाटो त सबैको सार्वजनिक हो।त्यो त हिॅंउ रोक्किए पछि सफा गरि हाल्नुपर्छ।नगर्दा कुनै ठाउॅंमा त फाइन (पैसा ) पनि तिराउॅंछन्। त्यस्तै कुनैबेला त हिॅंउ अत्यधिक परेर घरको ढोका खोल्न नमिल्ने सम्म भएको हुन्छ। त्यस्तै काममा जानु पर्ने छ भने त ब्रसले गाडीमा रहेको हिॅंउ,गाडीको तल, वरीपरी,पछाडी सफा नगरि गाडी नै निक्लदैंन।कुनै बेला त दिक्कै र हैरान पनि लाग्छ।हुनत जाडो र चिसोमा सफा गर्न कसलाईमन लाग्ला।

अमेरिकामा मौसम बिभाग राम्रो छ।आधींबेरी,हिॅंउ,टोर्नेटो आदी मौसम खराब कता, कुन ठाउॅंमा हुन लागेको हो पूर्वसुचना दिन थालिहाल्छन् केही घण्टा,दिन र हप्ता अगाडी देखि।त्यसैको आधारमा सबैले तयारी गर्छन्।असाध्यै हिॅंउपरेकोबेलामा त स्कुल,अफिस,व्यापार व्यवसाय,एयरपोर्ट सबै बन्द हुन्छ।कुनै बर्ष त असाध्यै हिॅंउ परेर एक हप्ता सम्म बन्द भएको थियो।बन्द गर्नुको कारण चाहीं सुरक्षाको लागि हो।बाटोमा रहेको हिॅंउ सफा गर्न समय लाग्छ।गाडी कुदाउॅंदा हिॅंउमा चिप्लने,दु

र्घटना हुन सक्ने र कुदाउन गार्र्हो हुने त्यस्तै हिंडने बाटोमा मान्छेहरू हिॅंउमा चिप्लेर लड्न सक्ने हुनाले हो।

हिॅंउ परेर बन्द हुने भयो भने सबैभन्दा खुशी हुने चाहीं स्कुल जाने केटाकेटीहरू हुन्छन्। ओहो समाचार हेरिरहन्छन् स्कुल बन्दहुन्छ की हुंदैन भनेर।स्कुलले पनि हिॅंउ कति परेको हो हेरेर कहिले दुई घण्टा ढिलो स्कुल खुल्ने र कहिले पुरै दिन ‘स्नो डे’ भनेर बन्द गर्छ।त्यो बेला साना स्कुल जाने केटा केटीका आमा बुबा लाई चाहीं आपत पर्छ।स्कुल त बन्द तर काममा तजानु पर्छ।अमेरिकाको कानुनले १२-१३ बर्षमुनिका बच्चाहरूलाई एक्लै घरमा छोड्न पाइन्न।घरमा ठुलो हेर्ने मान्छे हुने भएत ठिकै छ नत्र त ‘बेबी सिटर’ खोज्नु पर्यो वा दुई जनामा एकजना काम छोडेर घर बस्नु पर्यो।

मेरो पहिलो हिॅंउ सॅंगको अनुभव चाहीं झण्डै बिस बर्ष अगाडी अमेरिकाको आयोवा राज्यमा हुंदा हो।हुन त नेपालमा हुंदापोखराको माछापुच्छ्रे,काठमाडौं वरीपरीको हिमालमा हिॅंउ त देखेको हो तर कहिल्यै छुन पाइएको थिएन।

आयोवा राज्यको एम्स शहरमा, हामी आमा छोरा एउटै स्कुलमा,उ पढ्न र म पढाउन जान्थें।नेपाल बाट आएको केही महिना मात्र भएको,आफ्नो गाडी,लाइसेन्स केही थिएन।घर बाट लोकल बस चढेर स्कुल नजिक सम्म पुग्थ्यौं।बाटो बाट स्कुलसम्म पुग्न केही हिंडनु पर्थ्यो।त्यस्तै स्कुल सकिएर फर्कदां पनि हिंडनै पर्र्थ्यो। छोरा सानै ३ बर्षको थियो ।धेरै त संग संगै हिंडथ्यो।कहिलेकाहीं (बच्चा न पर्र्यो) हिंडन मान्दैनथ्यो।के गर्नु तेसलाई पछाडी ढाडमा बोकेर हिॅंउमा हिंडेकोछु।कुनैबेला त माथी बाट हिॅंउ परिरहेको हुने,बाटोमा १ फिटको हिॅंउमा खुट्टा भासिएर पनि हिंडनु पर्ने।अझ ब्ल्याक आइस/ कालो हिॅंउमा ( हिॅंउ पग्लेर चिप्लो भएको, हेर्दा हिॅंउ नदेखिने तर त्यहां टेक्दा चिप्लने) कति पटक हिंडन नसकेर लडियो पनि।

अनुभव अनेक गरियो।आयोवामा त हिॅंउ परेकोबेला झन असाध्यै चिसो हावा चल्ने।गाला,नाक,कान त चिसोले झर्लाजस्तो हुने।पछि यता भर्जिनिया तिर आएपछि त्यस्तो चिसो भोग्नु परेन।

अन्त्यमा, हिॅंउ पर्दा सॅंधै नेपथ्य व्याण्डले गाएको नेपाली गीत “आकाश बाट के उडी आयो भेंडाको ऊन जस्तो..

माया फोटो मै खिची लान्छु पूर्णेको जूनजस्तो

हिॅंउको धर्सो पग्लेर आयो चौंरीको दूध जस्तो..

आजको साइत मै बही आउॅंछु झुल्केको घामजस्तो “

याद आउॅंछ ।

 

-शशी के.सी

प्रतिक्रिया