विश्व हिन्दु महासंघको भारत अध्यक्षमा मोदी

इनेप्लिज २०७७ माघ २० गते २२:५२ मा प्रकाशित

विश्व हिन्दु महासंघको भारत देशीय राष्ट्रिय अध्यक्षमा प्रह्लाद दास दामोदर राव मोदी चयन हुनु भएको छ।भारतीय न्यूजहरूका अनुसार योगी आदित्यनाथले सम्हाल्दै आउनु भएको अध्यक्ष पद अब प्रह्लाद दास दामोदर राव मोदीले अन्तरिम अध्यक्षको रुपमा सम्हाल्नु हुनेछ।योगी आदित्यनाथ विश्वहिन्दु महासंघको अन्तर्राष्ट्रिय उपाध्यक्ष समेत रहनु भएको र उहाँ अहिले उत्तर प्रदेशको मुख्यमन्त्री समेत रहनु भएकोले भारतमा महासंघको राष्ट्रिय समितिको जिम्मेवारी प्रह्लाद दास दामोदर राव मोदीलाई दिइएको समाचार स्रोतहरूले जनाएका छन्।

भारतमा प्रधानमन्त्री जनकल्याणकारी योजना प्रचारप्रसार अभियानका संयोजकसमेत रहेका प्रह्लाद दास दामोदर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सहोदर भाइ हुनुहुन्छ।विश्व हिन्दु महासंघको भारतीय राष्ट्रिय अध्यक्षको जिम्मेवारी पाएपछि भारतमा हिन्दुधर्मको अध्ययन,अनुसन्धान एवं संवर्धन र विकास विस्तार तथा प्रचारप्रसारमा काम गर्नुको साथै नेपाललाई पुनःहिन्दु अधिराज्य कायम गराउन आफ्नो भूमिका रहने प्रह्लादको भनाई रहेको बताइएको छ।

मुख्यालय नेपालको काठमाडौंमा रहेको विश्व हिन्दु महासंघको विश्वका पैंतालीस देशमा शाखा रहेको बताइएको छ।सनातन धर्म ॐकार परिवार (हिन्दु,बौद्ध, जैन,शिख,किराँत लगायत)को छाता संगठनको रूपमा क्रियाशील विश्व हिन्दु महासंघको भारत च्याप्टरमा प्रह्लाद मोदीको आगमनसँगै महासंघको भावी कार्यक्रम र रणनीति कस्तो हुने हो भन्ने आमसर्वसाधारणको जिज्ञाशा एवं ध्यानाकर्षण भएको छ।

प्रतिक्रिया