सरकार मुठभेडको पक्षमा नरहेको –पर्यटन मन्त्री ढकाल

मनोज दाहाल २०७७ माघ १९ गते १२:१७ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले उपप्रधानमन्त्री ईश्वरपसाद पोखरेल माथि नुवाकोट जिल्लामा भएको ढुङ्गामुढा गर्ने कार्यले सम्वन्धित राजनीतिक दललाई हानी पुर्याउने बताउनु भएको छ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले ढुङ्गामुढा र आम सभा विथोल्ने जस्ता हरकतलाई जनताले नियाली रहेका छन भन्दै आफ्नो पार्टी मुठभेडको पक्षमा नरहेको प्रष्ट पार्नु भयो।

आउँदो वैशाख १७ र २७ हुने आम निर्वाचनको घोषित मितिमा गर्नका लागि सवै अङगहरु परिचालन भइरहेको बताउदै कतिपय राजनीतिक दलहरु विभिन्न विरोध र अन्य वहानमा जनतामा जाने भन्दै निर्वाचनको तयारीको लागि अभियाननै शुरु गरिरहेको उहाँले बताउनु भयो।

मन्त्री ढकालले सत्तारुढ पार्टी र सरकारमा भएकोले यही माघ २३ गते हुने आम सभाका लागि फराकिलो ठाउँमा गर्नु पर्ने भएकोले दरबार मार्ग क्षेत्र नै सवैभन्दा ठूलो र फरालिको एवं उपयुक्त भएकोले त्यस ठाउँमा सभा स्थल राखिएको भन्दै त्यसमा अन्य कुनै कारण नरहेको प्रष्ट पार्नु भयो।

उहाँले प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाद्वारा संवैधानिक परिषदको बैठकले गरेको निर्णय सिफारिस फिर्ता पठाउनु बढी प्रचारमुखीको कारणले भएको हो भन्दै परिषदको निर्णयमा सिफारिस फिर्ताले केही असर नगर्ने धारणा व्यक्त गर्नु भयो।

मन्त्री ढकालले सभामुख सापकोटाले परिषद्को सदस्यको हैसियतमा भन्दा पनि व्यक्तिगत रुपमा सिफारिस फिर्ता गरेको बताउदै परिषद्को निर्णय अनुसार नियुक्ति हुने प्रष्ट पार्नु भयो।

एक प्रश्नको जवाफमा पर्यटन मन्त्री ढकालले पशुपति मन्दिरमा सुनको जलहरी लगाउका लागि पशुपति क्षेत्र विकास कोषसँग रु ५० करोड रकम रहेकोमा अपुग रकम रु ३० करोड सरकारले दिने प्रतिवद्धता गरेको हो भन्दै मन्दिरमा चढाएको पानी तल जाने र त्यसले मन्दिरको भौतिक संरचनामा असर गर्ने हुनाले पुरानो निर्णय अनुसार नै जलहरी लगाउने निर्णय कार्यान्वयन गर्न लागिएको जानकारी दिनु भयो।

मन्त्री ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीबाट आउँदो २३ गते हुने विशेष सम्वोधनको जनसभा सम्भ र भव्य हुनाका साथै सभाका सम्वन्धमा आलोचकबाट विभिन्न किसिमको प्रचार प्रसार गरिए पनि सवै तप्का र समुदायको उल्लेखनीय सहभागीतामा हुने विश्वास व्यक्त गर्नु भयो।

 

 

 

 

 

 

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया