श्री स्वस्थानी ब्रत कथा अध्याय – २

इनेप्लिज २०७७ माघ १६ गते ४:०८ मा प्रकाशित

श्री स्वस्थानी ब्रत नेपाली महिलाहरूले गर्ने कठीन ब्रतको पर्व हो।यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म १ महिना चल्दछ।यो ब्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ।सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी ब्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्रीस्वस्थानी ब्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ।विशेष गरि महिलाहरू मात्र ब्रतालु हुने यो ब्रत बस्नाले ब्रताकथामा बर्णन गरिएजस्तै सुख,शान्ति,समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ।

ब्रतालुहरू हरेक दिन विहानैदेखि हात खुट्टाको नङ काटेर स्नान गरी ब्रत बस्ने गर्दछन्।ब्रतको क्रममा स्वस्थानीको पूजा आराधना गर्नका साथै घरघर वा समुहमा बसेरमा श्री स्वस्थानी ब्रतकथा बाचन गर्ने गरिन्छ । काठमाडौंको साँखुस्थित शाली नदी,पशुपति, गौरीघाट,गुहेश्वरी, सतिदेवीका अङ्गपतन भएका विभिन्न धार्मिकस्थल तथा महादेव मन्दिरमा श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ।ती स्थानहरूमा ब्रतको अबधिभर मेला पनि लाग्ने गर्दछ ।नेपालमा धेरै श्रद्घा र विश्वासका साथ विशेषतः महिलाहरूले गर्ने ब्रत मध्येको एक श्री स्वस्थानी माताको ब्रत हो।यो ब्रतको भारत लगायत अन्य हिन्दु बहुल राष्ट्रमा त्यत्यी धैरै लोकप्रिय नभए पनि नेपालमा भने धेरै लोकप्रिय छ।तराईको छट पूजा र पहाडको श्री स्वस्थानी ब्रत नेपालको संस्कृतिको एक अंग हो।श्री स्वस्थानी माताको ब्रतकथामा उल्लेख गरिएकी साली नदी र श्लेशमान्तक वन हाम्रैदेश नैपालको काठमाण्डौमा छन् । यो ब्रतकथामा उल्लेखित विषय बस्तु र घटना पनि नैपालकै सेरोफेरोमा घटेको थियो भनी स्कन्द पुराणमा उल्लेख छ ।

श्री स्वस्थानी ब्रत कथा अध्याय – २ काे भिडियो हेर्नुहोस

प्रतिक्रिया