उत्तम कार्कीको संगीतमा रचना रिमाल र भबिन ढुंगानाको को ‘आँखा झिमिक्क’

इनेप्लिज २०७७ माघ १४ गते ७:२१ मा प्रकाशित

धरान । अहिले निक्कै नै चर्चित रहेकी गायिका रचना रिमाल र गायक भविन ढुङ्गानाको स्वरमा नयाँ गीत " आँखा झिमिक्क कति धेरै राम्री हो " रिलिज गरिएको छ छ।

लिरिकल भिडियोको रुपमा गायक भविन ढुङ्गानाको युटुब च्यानल माफर्त सार्वजनिक गरिएको गीतको शब्द तथा सङ्गीत उत्तम कार्कीको रहेको छ।

कुशल सिंहको सङ्गीत संयोजन रहेको गीत आर्टमान्डू स्टुडियो काठमाडौंमा रेकर्ड गरिएको हो।रमाइलो पाराको गीतलाई चांडै नै म्युजिक भिडियोको रुपमा समेत ल्याउने संगीतकार तथा गीतकार उत्तम कार्कीले बताए। कविता तथा गीत लेखनमा सक्रिय कार्कीले पहिलोपल्ट आफ्नो गीत रेकर्ड गराएका हुन्।

भिडियो लिंक :

प्रतिक्रिया