पतिको ज्यान लिएर शव लुकाउन खोजिन्, नसके पछि देह त्याग गरिन् दिदी पठाओमा तुरुन्तै पुगेको अर्को खुलासा (भिडियो हेर्नुहोस )

इनेप्लिज २०७७ माघ ६ गते २:४५ मा प्रकाशित

काठमाण्डौंको टोखामा एक ब्यक्तिको ज्यान लिइएको र एकको देह त्यागबारे प्रहरी अनुसन्धान जारी छ।उनीहरु दम्पति हुन् जसमध्ये पति ३ महिना मात्र अमेरीका बाट नेपाल आएका थिए र घटना नभएको भए उनी अमेरीका फर्किसकेका हुने थिए।टोखामा उमेश केसीको ज्यान उनकै श्रीमती सुदीक्षाले लिएको निष्कर्ष नजिक प्रहरी अनुसन्धान पुगेको पाइएको छ।अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार सुदिक्षाले आवेशमा आएर पतिको ज्यान लिएको र शव ब्यवस्थापन गर्ने कोशिस गरेको देखिएको छ।

यस्तो गर्न सम्भव नभए पछि सुदिक्षाले पनि देह त्याग गरेको पाटो तर्फ अनुसन्धान केन्द्रित छ।उमेशको ज्यान लिएपछि सुदिक्षाले देह त्याग गर्दाको समय १० घन्टा बढि भएको पोष्ट मार्टम रिपोर्टले देखाएको छ।सुदीक्षाले त्यही योजना साथ आफ्नी दिदीलाई बोलाएको हुनसक्ने ती अधिकारी बताउँछन् ।भन्छन्,‘उमेशको ह’ ‘त्या भएको कुरा शर्मीलाले बिहीबार नै थाहा पाएर सुदीक्षालाई भेट्न पुगेको हुनपर्छ भन्ने हाम्रो निष्कर्ष छ।नत्र पठाओ प्रयोग गरेर उनी राति त्यहाँ किन पुगिन् ? र, पुगेको २ मिनेटमै किन फर्किन् ?’ भिडियो हेर्नुहोस

प्रतिक्रिया