रवीन्द्र लम्साल र संगीता सुवेदीको गीत “आमा” को अत्यन्तै मार्मिक म्युजिक भिडियो सार्वजनिक भएको छ !

इनेप्लिज २०७७ माघ ३ गते १६:४७ मा प्रकाशित

रवीन्द्र संगिता नामको युटुव च्यानलबाट सार्वजनिक भएको गीतको शब्द रवीन्द्र लम्सालले सिर्जना गरेका हुन।गीतलाई पहिलो भोईस अफ नेपाल बिजेता सि.डि बिजय अधिकारीले संगीत दिएका छन भने किरण कंडेलले संगीत संयोजन गरेका छन।

सिडी विजय आधिकारीको सुमधुर स्वर रहेको सो गीतको भिडियोलाई देवेन्द्र बब्लुले निर्देशन गरेका छन्।विशाल घिमिरेले कथामा मा उतारेको ‘आमा’ गीतको दृश्यलाई नवराज उप्रेतीलेले क्यामरामा कैद गरेका हुन्।भिडियोमा आमा र छोराको माया,ममता,सम्बन्ध साथै उत्तरदायित्वलाई देखाउने प्रयास गरिएको छ।
हिउवाला गौतम,प्रकाश सपुत र आरुष भुषालको अभिनय रहेको उक्त भिडियोमा गौतम आमाको,सपुत छोराको र भुषाल वाल्यकालको छोराको भूमिकामा रहेका छन्।

आमाको खुत्रुकेमा भएको पैसा लिएर उच्च शिक्षाको लागि गाँउबाट शहर पसेको छोराले आमालाई सम्झदै वाल्यकालका यादहरु सजाएको मात्रै होइन गीतको भिडियोमा असल आमाले गरेको दु:ख र संघर्ष लाई समेत देखाइएको छ।आफू ठुलो हुन आमाले गरेको योगदानलाई सम्झदै ‘पानी छैन पँधेरीमा,कहाँ गाग्रो भर्छयौ आमा,झरिपर्दा अँधेरीमा एक्लै कसो गर्छयौ आमा’ भन्दै शहरमा पढेर डाक्टर भईसकेको छोराले आमाबाट पैसा सहित लिएको खुत्रुकेमा आफूले पढेर पाएको प्रमाण-पत्रको नमुना स्वरुप डाक्टरले विरामी जाच्ने यन्त्रहरू लिएर घरमा पुग्दा आमामा खुसीको सिमा नै रहदैन।

अक्सर यस्ता मार्मिक गीतहरुमा वियोगान्त कथाहरु बनाईएका हुन्छन् तर यस गीतको सकारात्मक पक्ष भनेको यसको भिडियोमा आफ्नो सफलता सँगै आमालाई नभुलेर छोरा गाउँमै आमालाई भेट्न आएको संयोगान्त कथा बुनिएको छ।

हेरौ भिडियो-

प्रतिक्रिया