ईटहरीमा एकसाथ देखिए ४ बेहुलासंग १७ बेहुली (फोटो सहित)

इनेप्लिज २०७७ माघ ३ गते १६:१९ मा प्रकाशित

ईटहरी/ कोरोना महामारीले प्रभावित पारेको हरेक क्षेत्रहरु यतिबेला खुल्ला स्थितिमा छ।यस्तो अवस्था भएसंगै फेसन शो तथा म्युजिकल शोहरु पनि फाट्टफुट्ट हुन थालेको छ।यस्तैमा ईटहरीमा ‘प्रोभेन्सियल ब्राईडल फेसन शो-२०७७’ दोश्रो सिजन सम्पन्न भएको छ।सोमबार सम्पन्न भएको उक्त शोमा १७ जना बेहुली र ४ जना बेहुलाले र्याम्प गरेका थिए।कार्यक्रमको प्रमुख अतिथीको रुपमा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधान रहेका थिए।

एल एन्ड सि मोडल एजेन्सिको आयोजनामा सम्पन्न सोमा मोडलहरुले अन्य मोर्डन ड्रेसमा समेत र्याम्प गरेका थिए।शो बाट उत्कृष्ट केहिलाई प्रोत्साहन स्वरुप अवार्ड बितरण समेत गरिएको थियो।शो मार्फत क्याटवाल्क अवार्ड सुस्मिता चौधरीले हात पारिन भने र्याम्पवाल्क अवार्ड ब्वाइजतर्फ अविनास खवासले हात परे ।

यस्तै बेस्ट फोटोजेनिक अवार्ड गर्ल्स तर्फ सिर्जना मिश्र र ब्वाईज तर्फ आयुष कट्वाल, मल्टिमिडिया अवार्ड गर्ल्सतर्फ निरुता अधिकारी र ब्वाइज तर्फ विकास पोख्रेल, पब्लिक च्वाइस अवार्ड गर्ल्सतर्फ सरस्वती सुवेदी ‘जया’ र ब्वाइजतर्फ सुजन पोख्रेलले हात परेका थिए।यस्तै बेस्ट ब्राईडलको अवार्ड भने मनिषा श्रेष्ठले हात पारिन्।यता केही अघि तिजको अवसर पारेर आयोजक कम्पनिले आयोजना गरेको “तिज २०२०” फोटो कन्टेस्टको बिजेता तथा उप-बिजेताहरुलाई पनि सोही अवसरमा पुरस्कार तथा अवार्ड बितरण गरिएको थियो।

ईटहरी स्थित ईलाईट सिनेमा हलको ग्राउन्डमा उक्त शो सम्पन्न भएको थियो भने झन्डै २ सय दर्शकको उपस्थिति रहेको आयोजकले जनाएको छ।शोमा पहिरन बुटिक ईटहरीले गर्ल्स मोडलहरुको लागि पहिरन तयार गरेको थियो भने ब्वाइज मोडलहरुको लागि गुणस्तरीय ढाका ट्रेडर्स ईटहरीले पहिरन ब्यवस्थापन गरेको थियो । नेपाल आईसको मुख्य प्रायोजक रहेको शोमा झुम्का डान्स क्रुले आकर्षक नृत्य तथा गायक केशव राईले आफ्नो गायन प्रस्तुति राखेका थिए।

 

कार्यक्रमलाई अमिषा रिशाल र सुवास संकल्पले सन्चालन गरेका थिए ।

प्रतिक्रिया