पालो दोश्रो मिस्टर एन्ड मिस रौनियार २०२१ को

इनेप्लिज २०७७ माघ ३ गते १५:१६ मा प्रकाशित

काठमाडौं,

कोरोनाको सँक्रमण कम भएपछि पछिल्लो समय विभिन्न अवार्ड तथा व्युटी पेजेन्टको चहल पहल बढेको छ।यसै क्रममा मिस्टर एन्ड मिस रौनियार–२०२१ सौन्दर्य एवम् सांस्कृतिक प्रतियोगिता पनि अब हुने भएको छ।

यो प्रतियोगितामा सहभागी हुन चाहने रौनियार र गुप्ता समुदायका युवा युवतीले यो प्रतियोगितामा भाग लिन पाउने र उनीहरुको उमेर १६ देखि २८ वर्ष भित्रको हुने पर्ने पनि आयोजक पक्षले जनाएको छ।यो प्रतियोगितामा काठमाडौंबाट भागलिन चाहनेले १७ माघसम्म फारम भरिसक्नु पर्नेछ।

काडमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै संस्था एमी इन्टरटेन्मेन्टले यो प्रतियोगिताको तयारीमा आफुहरु जुटेको जनाएको छ।संस्थाका अध्यक्ष एमी (राजन)रौनियारका अनुसार यो दोश्रो संस्करण हो।रौनियार समुदायको मौलिक कला संस्कृतिको संरक्षण,सम्बद्र्धन र प्रबद्र्धन तथा रौनियार युवा युवतीहरुको प्रतिभा प्रस्फुटन,व्यक्तित्व विकास,आत्मविश्वास अभिवृद्धिसंगै उनीहरुको सामाजिक दायारलाई अझ विस्तार गर्न (मिष्टर एण्ड मिस रौनियार–२०२१) को आयोजना गर्न लागिएको राजनले बताए।

यो प्रतियोगिताको लागि ३ माघमा जनकपुर,१० माघमा बीरगञ्ज र १७ माघमा काठमाडौंमा अडिसन राखिएको पनि कार्यक्रम व्यबस्थापक एनी रौनियारले पत्रकार भेटघाटका क्रममा जानकारी गराईन्।यो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्दैछन भने फाईनल इभेन्ट फागुनको तेश्रो साता काठमाडौंमा हुनेछ।

मिस्टर एन्ड मिस रौनियारको बिजेताले विभिन्न उपाधि,पुरस्कार सहित म्युजिक भिडियो,बिज्ञापनमा मोडलिङ लगायत अन्य अबसर प्राप्त गर्ने पनि पत्रकार भेटघाटका क्रममा बताईयो।यो प्रतियोगितामा गत वर्ष आशिष रौनियार र प्रिया रौनियारले मिष्टर एण्ड मिस रौनियार २०१९ को उपाधि जितेका थिए।

 

प्रतिक्रिया