सञ्चारकर्मी उदयराज र अनुमतीको ‘एक बारको जुनिमा’ सार्वजनिक

इनेप्लिज २०७७ माघ २ गते १:३८ मा प्रकाशित

काठमाण्डौँ । सञ्चारकर्मी उदयराज शर्माको ‘एकबारको जुनिमा’ बोलको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ।उक्त गीतमा शर्माकै निर्देशन, सम्पादन र अभिनय रहेको छ उनलाई टेलिचलचित्रहरुमा समेत चर्चा कमाईसक्नुभएकी कलाकार अनुमती नेपालीले साथ दिएकी छिन् ।

बिष्णु ठकुरीको छायांकन तथा रंग संयोजन रहेको उक्त गितको भिडियोको छायाँकनका लागि गोविन्द घिमिरेले ड्रोनमा साथ दिएका छन्।यस्तै मोहन लामाको मेकअप तथा कोरियोग्राफी रहेको भिडियोमा कालिका पौडेल प्रोडुसरको रुपमा रहनुभएको छ।

उदयराज शर्माको स्वरमा रहेको उक्त गितमा अरुण तिवारीको शब्द र दिपक शर्माको संगीत, पुरुषोतम न्यौपानेको म्युजिक एरेन्जर र सागर सुब्बाको रेकर्डिङ रहेको छ।यसैगरी मिडिया पार्टनरको रुपमा नागरिकपाटी डटकम,एनआरएन टिभी शो र रेडियो राजमार्ग ९२.१ मेगाहर्ज रहेको छ।

धादिङका विभिन्न स्थानमा छायाँकन गरिएको उक्त गितको भिडियो सार्वजनिक भएपछि दर्शकहरुले पनि राम्रो प्रतिक्रिया दिएका छन् ।
भिडियो हर्नुहोस्..

प्रतिक्रिया