२२ दिनदेखि अनसनरत गंगामायाको स्वास्थ्यअवस्था नाजुक

इनेप्लिज २०७७ पुष २९ गते ०:५६ मा प्रकाशित

काठमाडौं । २२ दिनदेखि अनसनरत गोरखा फुजेल कि गंगामाया अधिकारीको जीवन रक्षाको माग गर्दै अधिकारकर्मीहरुले मंगलबार काठमाडौंको वीर अस्पताल अघि प्रदर्शन गरेका छन् ।

आफ्ना छोराका हत्यारालाई कार्वाहीको माग राखेर लामो समयदेखि संघर्षतरत अधिकारीको अवस्था नाजुक बन्दै गएको भन्दै अधिकारकर्मीले प्रदर्शन गरेका हुन । गंगामायाको स्वास्थ्य विग्रिएको भन्दै सरकारलाई दबाब दिन ‘गंगामाया बचाऔं’ अभियान गर्नुपरेको अधिकारकर्मीले बताए ।

तीन साता लामो आमरण अनशनका कारण अधिकारीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएको भन्दै अधिकारकर्मीले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । २०६१ साल जेठको २४ गते आफ्ना मा
वली हजुरबा हजुरआमा भेट्न चितवन आएका बेला अधिकारीका १६ वर्षीय छोरा कृण्णप्रसाद अधिकारीको हत्या भएको थियो ।

आफ्ना छोराका हत्याराका साथै पतिलाई अनशनमै मर्न विवश बनाउने राज्यका पदाधिकारीहरुलाई समेत कार्वाहीको माग गर्दै गंगामाया १२ औं पटकको अनसनमा रहेकी छिन् ।

 

प्रतिक्रिया