बैदिक शिक्षाको अपरिहार्यता

इनेप्लिज २०७७ पुष २८ गते २३:२३ मा प्रकाशित

नेपाल सुन्दर छ – शान्त छ र बिशाल छ।यो गोरक्ष राष्ट्र, देवभूमि,स्वर्गभुमी,तपोभूमी, बैदिक ज्ञान र शान्तिको मुहान,विश्वको श्रीपेच नेपालको बर्णन गर्न शब्दहरु नै छैनन्।अन्तरिक्ष बाट हेर्दाखेरी नेपाल चादीको हार जस्तै देखिन्छ रे।प्राकृतिक श्रोत साधनले भरिपुर्ण राष्ट्र आज कुबेरले धनको पोको माथि बसेर भिख मागेजस्तो अवस्था भएको छ।दिब्य ज्ञान र शान्तिको मुहान मानिने नेपाल आज “बत्ति मुनिको अध्यारो” बनेको छ।बिदेशी प्रभुको भजन गाउने सुन्गुर स्वाठ नेताहरुले निर्दोष नेपालीहरुको आसु, रगत,विर्य पिए र नेपाललाई रोगी भोगी र जोगीको देश बनाए। हिमालमा रक्त श्रfब भैरकेको छ।नेपाल आमाको अस्मिता लुटिएको छ। कठैबरा,निर्दोष नेपालीहरु टुलुटुलु हेरेर बस्न बाध्य छन्।न बिधिको शासन छ – न कानूनी राज्य छ।जताततै शैतानहरुको बिगबिगी छ।त्येसैले त स्वर्ग का राजा इन्द्र पनि डुलन आउने अलकापुरी कान्तिपुरी नगरी आज नरक तुल्य भयो।२०/३० वटा बादर र सुँगुरहरु फुलबारी भित्र पसेर फूलबारीको सुन्दरता स्वाहा पारेझै नारायण (भगवान बिष्णु) को कानेगुजी बाट निस्किएका सुम्भ निसुम्भ राक्षसहरुले सुन्दर काठमाडौँ ध्वस्त पारेर छोडे।विधिको शासन र कानूनी राज्य नभएको मुलुकमा भद्रगोलको बेलिबिस्तार गरेर साध्यनै हुदैन।मन सार्है दुख्छ।सत्ययुगमा सत्यवती, त्रेतायुगमा मुक्तिदायनी, कलियुगमा नेपालमण्डल भनिने स्वर्ग भुमी नेपालको बेहाल देखेर रुन मन लाग्छ।

अब नेपालको मुहार परिबर्तन हुन्छ भने त्यो शिक्षा बाट मात्र सम्भब छ।त्यो पनि बैदिक शिक्षा किनभने बैदिक शिक्षा ले अनुशासन र सस्कार सिकाऊदछ । बिद्यार्थीहरुमा राष्ट्रप्रेम जगाएर कर्मठ योद्धा बनाउदछ, भातृत्व – मानवताको पाठ सिकाउदछ।सह-अस्तित्व, सहिस्नुता र शान्तिको दिब्य ज्ञान सिकाउदछ । सारंशमा, आध्यात्मिक जागरण गराई असल जीवन पद्दतिको पाठ सिकाउदछ।नरनारी बाट देवत्व भएको महाज्ञानी नरनारायण बनाइँदिन्छ । तर अफसोच अहिले बाठो बन्ने, कुतअकुत कमाउने, प्रतिस्पर्धामा लडाउने र मानिसहरुलाई झुक्याउने अहंकारी शिक्षा मात्र दिइन्छ।शिक्षा चाही कमाई गरिखाने भाडो मात्र बनिदियो । कहिल्यैपनि बिद्यार्थीहरुलाई अनुशासित, असल र ज्ञानी मानिस बन्ने भन्ने कुरा नै सिकाइएन।अरुको अनुभब पढेर,घोकेर प्रमाणपत्र सजाउने शिक्षा मात्र दीईयो । प्यारा बिद्यार्थीहरुले आफ्नो अनुभब गर्ने मौका नै पाएनन्।जीवन र जगत बारे बुझ्ने मौका नै पाएनन्।त्येसैले त अहिलेका बिद्यार्थीहरु रनभुल्लमा परेका छन् – भौतारिरखेका छन्।जसरी अहिले पश्चिम मुलुकका मानिसहरु ज्ञानको खोजीमा काकाकुल बनेर नेपाल धाइरखेक छन्।त्वं शरणंम भन्दै गोरक्ष राष्ट्र नेपालमा आउदैछन किनकी सम्पूर्ण धर्मशास्त्र, साहित्य, बैज्ञानिक आबिस्कारको श्रोत मानिएको ४ बेद १८ पुरान यहि पबित्र भूमीमा को थियो । अब यो ऋषिमुनिहरुको तपोभूमी – बैदिक ज्ञानको मुहानमा नआएर कहाँ जाने त ?

पश्चिमी मुलुकहरुमा Knowledge ‘बुद्धि’ सिकाइयो तर Wisdom ‘ज्ञान’ सिकाइएन किनभने उनिहरुसंग ज्ञानको पाठ नै छैन।अहिले सम्म पनि उनीहरुलाई हाम्रो शरीर के ले चल्छ भन्ने कुराको अत्तो पत्तो छैन।स्मरण रहोस् – बुद्धि र ज्ञान फरक कुराहरु हुन्। बुद्दिले म जान्दछु भन्छ भने ज्ञानले ‘मलाई थाहा छैन’ भन्दछ । बुद्दिमा अहंकार हुन्छ भने ज्ञानमा विनम्रता, हार्दिकता, कृतज्ञता र प्रेम हुन्छ।जस्तै एक ज्ञानी मानिसले जति प्रेम उसको बुवा आमालाई गर्दछ उतिनै प्रेम वरिपरिका बोटबिरुवा, पुतली, फुल, बाख्रा परेवाहरुलाई पनि गर्दछ । किनभने उसले त्यहा सह-अस्तित्वको बोध भैराखेको हुन्छ । उसले आफ्नो आधा हिस्सा जीवन बोटबिरुवाहरुमा पनि देख्न थाल्दछ । रुख का पातहरुले प्राण वायु Oxygen नदिएको भए जीवनको अस्तित्व नरहने शास्वत सत्यको बोध भैसकेको हुन्छ ।त्येसैले ऊ बोटबिरुवाहरुलाई आफ्नो शरीर जत्तिकै प्रेम गर्दछ ।त्येसैगरी, कुनै अदृश्य परम ‘शिव ‘ तत्व ले संचालन गरीराखेको छ र त्यो प्राण शक्ति ईश्वर ( इ ) उडेर गएपछि शिव बाट शब् बन्छु भन्ने कुराको आभास हुनुनै आध्यात्मिक जागरण को पहिलो खुड्किलो हो।

त्यसैगरी, ईश्वरको कृपाले यस्तो सुन्दर जीवन त पायौ, तर रहस्यमयी शरीर र मस्तिस्क कसरी चल्दछ भन्ने कुराको ज्ञान मानिसहरुलाई पटक्कै भएन । बैदिक शिक्षामा पहिलो प्राथमिकता भनेकै हाम्रो जीवन संचालनको उत्तर-पुस्तिका Manual Guide Book प्राप्त गर्नु हो । जे समान किन्दा पनि Manual / Catalog हुन्छ तर हाम्रो शरीर – मन – मस्तिस्कको Catalog खोइ त ? यो रहस्यमयी शरीर – मस्तिस्क संचालन बिधि थाहा नपाएर जीवन मा कठिनाईको सामना गरिराख्नु पर्दछ।यहि ध्रुब सत्यलाई महशुस गरेर पश्चिम मुलुकका बैज्ञानिकहरु पनि Engineering Life भन्दै अनुसन्धानरत छन्।शान्ति र खुशिमयी जीवनको अचुक शुत्र भनेकै शाकाहारी जीवन शैली र योग -ध्यान रहेछ भनेर बुझ्न थालेका छन्।वास्तबमा हामी जे खान्छौ त्यहि नै बन्छौ, पहिलो मस्तिस्क भनेकै हाम्रो पेट हो।त्यसो हुदा सात्विक जीवनले जीवन सुखी बनाउदछ भने राक्षसी भोजन (जाड, रक्सि, चुरो, खैनी) ले राक्षसी स्वभाव जगाइदिन्छ भने शरीरको मेशिननै बिगारीदिन्छ । सात्विक भोजननै आध्यात्मिक जागरणको दोश्रो खुड्किलो रहेछ भनेर पश्चिमेलीहरुले महशुस गर्न थालेका छन्।

पश्चिमी शिक्षाले “जीवन मरेपछि सिद्धिन्छ” भन्दछ भने हाम्रो बैदिक शिक्षाले “जीवन अनवरत रुपले चलिराख्ने अलौकिक प्रक्रिया” भन्दछ । वास्तबमा हामी न त जन्मन्छौ न त मर्दछौ।मात्र हामी यात्रामा हिदिरखेका छौ।कर्मको फल अनुसार हामी पुनरजन्म लिन्छौ।मानब धर्म पालना गर्न,जीवनलाई अनुभब गरी देव ऋण, पितृ ऋण, पितामाता ऋण, ऋषि ऋण तिर्नको लागि पनि हामी बारबार जन्म लिएका हुन्छौ।शरीर मर्छ तर हाम्रो आत्मा ‘म’ कहिल्यै मर्दैन। यस्तो किसिमको आत्मा ज्ञान तोरीलाउरे पश्चिमी शिक्षाले कदापी पनि दिन सक्दैन । बरु Phd. को नाउमा कालो टोपी लगाइदिन्छ – राहु झुन्ड्याई दिन्छ।थोरै र निश्चित कुरा भन्दा पर केहि कुरा थाहा हुन्दैन । Phd. चाही Permanent Head Damage बन्दछ । पढेका प्रमाणपत्रहरु भित्तामा सजाउदछन र अस्ट्रेलियामा ट्रेन सफा गर्न, साउदी मा भेडf चराउन जान्छन । यस्तो रेलको डब्बा पुछ्ने र खाडी मुलुकमा भेडा चराउन मात्र योग्य बनाउने शिक्षा के काम ?

संस्कार र संस्कृतिको बिकृति देखेर पनि वाक्क लाग्छ।दुध बेचेर रक्सि धोक्ने संस्कार छ यहाँ बुवा आमालाई बृदाआश्रम पठाएर घरमा कुकुर पाल्ने संस्कार छ। दारीवाल लट्टे जोगीलाई गुरु भनेर लम्पसार पर्ने संस्कार छ । बफेलो इन्ग्लिश थसथसी कनेर फ़त्फ़ताएपछि बिध्यार्थीहरु शिक्षित भएको ठान्ने संस्कार छ।नया कपडा किनेर दस ठाउमा प्वाल पारेर लगाउने संस्कार छ यहाँ, खै के भन्नु र ? अमृततुल्य मोही पिउन छोडेर बिसालु कोकाकोला पिउने संस्कार छ। याद राख्नुस, कोक मा Hydrochloric Acid अथवा चर्पी सफा गर्ने हर्पिक Acid नै राखिएको हुन्छ। त्यही चर्पी सफा गर्ने हर्पिक पिउन सिकाउने शिक्षा कति सभ्य ? दौरा सुरुवाल लगाएर मोही पिउदा पाखे बनाए – सुट टाई लगाएर हर्पिक युक्त कोक पिउदा सभ्य भए, कस्तो खालको शिक्षा हो यो? अष्टसुगन्धको प्रयोग गर्न छोडायो र फिनेल,रक्सि, कुहेको माछा,बिसालु ग्यासले बनाएको Perfume दल्न सिकायो अहिलेको शिक्षाले । हिलो र चन्दन छुट्याउन नसक्ने – कास र कुश छुट्याउन नसक्ने कस्तो खालको शिक्षा हो यो ? धिक्कार छ यस्तो आडम्बरी शिक्षा लाई।

हामी नेपालीहरुले नचाहदा नचाहदै पनि भाडाका टट्टु दलालहरुले पश्चिमेली शिक्षा नीति लादिदियो । हामी पनि फुइ लाउदै मुर्ख भाषा अंग्रेजी सिक्न थाल्यौ। अहो हाम्रो कस्तो स्नाही शब्द ‘आमा’ भन्न छोडेर Mummy भन्न सिक्यौ!आत्मिय शब्द ‘दिदी या बहिनी’ भन्न छोडेर Madam भन्न सिक्यौ । तर अंग्रेजहरुले मरेको लाशलाई Mummy भन्दछन, बेस्याहरूको नाइके तथा घरबाहिर राखेको रखौटी श्रीमतीलाई उनीहरुले Madam भन्दछन भन्ने कुरा को चाही हेक्का भएन नि। त्यसैगरी प्रोटिनको लागि मासुनै खानुपर्छ भनेर पढाइयो।उनीहरुको देशमा त्यसबेला मासु बाहेक केही पाइदैन थियो।ठण्डी ठाउँ भएकोले फलफुल गेडागुडी सागपात दालचामल केहीपनि पाइदैन थियो र मासु खान्थे त।हामीलाई प्रकृतिले साथ् दिएको छ, प्रोटिनको लागी मासुनै खानु जरुरी पनि छैन। तर पनि मासु नै खनु पर्ने शिक्षा दिइयो ।गुरुत्वाकर्सन पनि Newton ले पत्तालगाएका थिए भनेर पदन बाध्य परियो।के न्युटनको पाला देखि मात्र स्याउ भुइमा खस्न थालेको हो र ? पक्कै पनि होइन।यो गुरुत्वाकर्सनको कुरा त महर्सि परासर, भृगु,आर्यभट्ट जस्ता नेपालका ऋषिमुनिहरुले हजारौ वर्ष पहिलेनै बताइसकेका थिए।यस्तो अद्भुत बैदिक ज्ञानलाई चटक्कै भुलेर हामी पश्चिमी शिक्षा नीतिमा हाम फाल्यौ जहाँ Stress Management पढाइन्छ । हामीले राम्रोसंग गाडी चलाउन नजानेर गाडी बिग्रिए जस्तो हाम्रो रहस्यमयी शरीररुपी मेशिनलाई चलाउन नजान्दा उब्जिएको तनाब नै Stress हो। बिशेसगरी खान र पिउन नजान्दा जीवन शैली उल्टो पर्दा जीवन तनाबमा फस्छ । त्यही भएर हाम्रा ऋषिमुनिहरुले शरीर संचालन बिधि तथा खुशीमयी जीवन जिउनलाई योग-ध्यान, प्राणायाम र आयुर्बेदको ज्ञान दिएका थिए। तर हामीहरु आफै बाठो भई टोपलेर उनीहरुकै शिक्षा Stress Management मा भासियौ।ए हजुर, घरआँगन सफा राखे फोहोर ब्यबस्थापन Waste Management नै गर्नु पर्दैन कि कसो ? त्यस्तै सधै योग-ध्यान गरे, सात्विक जीवनयापन गरे पछि त तनाबनै आउदैन- Stress Management को आवस्यकता नै हुन्दैन, कि कसो ? ३० / ४० वर्ष अघि यहि हाम्रो योग-ध्यान आयुर्बेद पद्दतिलाई पश्चिमेलीहरुले पाखेको संज्ञा दिन्थे।तर अहिले सारा युरोप अमेरिकाका मानिसहरु योग ध्यान आयुर्वेद सिक्न भनेर हाम फालेर नेपाल आउदैछन। बल्ल उनीहरुको चेत खुल्यो र अरबौको व्यापार बनिराखेको छ। पहिले पनि हाम्रै बैदिक ज्ञान चोरेर लागेका थिए र अहिले पनि हरेक कुराहरुमा हाम्रै बैदिक ज्ञानलाई लागु गरिराखेका छन्।तर हाम्रो कठपुतली सरकारले भने तथाकथित अडम्बरी पश्चिमी शिक्षा लडिराखेको छ।कताकता नरमाइलो लागेर आउछ।हाम्रो इतिहास साक्षी छ, १२,००० वर्ष अघि त्रेतायुगमानै राजा जनकको दरबार जनकपुरमा महर्षि यज्ञवाल्क्य, अस्टबक्र, बिदुषी गार्गी हरुले जीवन र जगतको दार्शनिक ज्ञान बाडिसकेका थिए।जबकि, क्रिस्चियनहरुको बाइबलले मानब सृस्टि भएको मात्र ५,००० वर्ष मात्र भयो भन्दछ । कस्तो अचम्म ! अर्को कुरा, १४ औ शताब्दी अघि सम्म पनि ब्रिटेनमा भाषा र साहित्यको बिकाश भएकै थिएन / झन् अमेरीका र अस्ट्रेलिया जस्ता देशहरुको त जन्म नै भएको थिएन।जबकी, ई.पू ७०० अघि नेपालमा नालन्दा विश्व बिद्यालय थियो – संसारभरका मानिसहरु यहाँ शिक्षा आउदथे।येशु क्रिस्ट, महाबीर जस्ता धर्म प्रबतक र पाईथागोरस, फ़िबोनासी जस्ता गणितज्ञहरु पनि यही विश्व-बिद्यालयमा पढेका थिए।यहि कुराबाट पुस्टि हुन्छ की हाम्रो नेपालको बैदिक शभ्यता कति अघि कति।होइन र ? अफसोच, आज ज्ञानको मुहानमा नै खडेरी परेको देख्दा सारै चित्त दुख्छ।

अहिलेको शिक्षाले कमाइ गरि खानलाई डाकडर, इन्जिनियर, वकिल, पत्रकार, ब्यापारी त बनायो तर जीवन र जगत बुझ्ने शिक्षा कहिले पनि सिकाएन । त्यसैले त मानिसहरु जीवनको एक कालखण्डमा पुगेर पागल बन्दछन – बाटो भुलेको यात्री जस्तै भौतारिरखेका हुन्छन। हौ यो बेलाबल्ल “म को हु? मेरो कर्तब्य के हो ? मेरो शरीर र यो संसार कसरी चलेको छ त?” भन्ने यावत प्रश्नहरुमा घोरिन थाल्द छन् । धर्म- कर्म – संस्कृति र बैदिक ज्ञानको सुन्दर पक्षहरुको खोजि गर्न थाल्दछन् । शान्ति र आध्यात्मिक जागरणको चाहले तडपिन थाल्दछन् । बल्ल यसबेला उनीहरुलाई “आधुनिक शिक्षाले कमाउन त सिकाउदो रहेछ तर जीवन जिउन सिकाउदो रहेनछ” भन्ने कुराको चेत आउदछ । आधुनिक शिक्षाले मानिसहरुलाई बडो चतुर त बनायो तर ज्ञानी बनाएनछ । महत्वकांक्षी अहंकारी बनायो – तर असल चरित्रवान बनाउन नसक्दो रहेछ । यसरी चेत खुलेपछि परम शान्ति र दिब्य ज्ञानको खोजिमा मृगतृस्नामा दौडिएको मृग झैँ भौतारिदै नेपाल आउदछन्।

हाम्रा पुर्खाहरुले सारा विश्वलाई ज्ञान र बिज्ञान दिए।अफसोच, हामी भने “बत्ति मुनिको अध्यारो” भने झैँ भयौ। स्मरण रहोस, बेद भनेकै बिशेस ज्ञान अर्थात बिज्ञान हो।हाम्रा पाखण्डी पण्डितहरुले बेद लाई पुजन मात्र सिकाए तर पश्चिमी बैज्ञानिकहरुले खोज अनुसन्धान गरेर बिज्ञान बनाए।त्यहि बैज्ञानिक आविस्कारले गर्दा पनि बिकास र प्रबिधिमा पश्चिमेलीहरु हामीभन्दा अगाडी छन् । सतही रुपमा उनीहरु खुशी जस्ता देखिएता पनि आध्यात्मिक पाटो भुलेको कारणले उनीहरु सधै निरास हतास छन्।जसका कारण उनीहरुको आधुनिक शिक्षा प्वाख निकालिएको चरा जस्तै ‘बिचरा’ भयो।त्यहि शिक्षाले गर्दा हामीलाई मगन्ते,आशे, र उद्देश्य बिहिन बनाईदियो।कुनै एक युबकलाई “बाबु तिमि भबिस्य मा के बन्ने? ” भनेर सोध्यो भने – “खै थाहा छैन” भन्ने उत्तर दिन्छ। जुन बिद्यार्थीलाई आफ्नो लक्ष, नै थाहा छैन भने ऊ कसरी कर्मठ, इमान्दार र आदर्श नागरिक बन्न सक्छ त? विकृत शिक्षाको चुरो कुरो नै यहि हो।अर्को कुरा आधुनिक शिक्षा शुद्द व्यापार भैदियो।सरस्वतीको मन्दिरमा फोहोरी राजनीति घुसिदियो । शिक्षकहरु पार्टीका कार्यकर्ता भए, माओबाद र गान्धीबाद सिकाउन थाले । बिद्यार्थीहरु नैतिकहिन भ्रस्ट बन्दै गए किनभने स्कुलमा सिकेको नै त्यहि हो त।बिध्यलायामा हामी नेपाली हौ र नेपालका लागि काम गर्नु पर्छ भन्ने कुरा नै सिकाइएन। शुरुदेखि नै माओबाद, कमाउनिस्ट, कांग्रेस, मधेसी फोरम, मुन्द्रे, डन, बन्नु पर्छ भन्ने शिक्षा दीइयो, के गर्नु त ? बिडम्बना ।

त्यसैले अब नेपालमा धर्म संस्कृतिको रक्षा गर्न,राष्ट्र भक्त र अनुशासित असल नागरिक तयार पार्न पनि बैदिक शिक्षा अत्यावस्यक छ।यहि तथ्यलाई आत्मसात गर्दै गोरखनाथ कल्याण केन्द्रको मार्गनिर्देशनमा युवाहरुमा सह-अस्तित्वको बोध गराउन ‘समबोधि शिक्षा” र स्वर्गभुमी नेपाल चिनाउन ‘तुशितानेपाल’ (जीवन को पाठशाला) खोलिएको छ । क्रमश: बिशाल नेपाल हुदाको बिश्वको पहिलो विश्वबिद्यालय ‘नालन्दा बिश्वबिध्यालय’ को पुनर्स्थापना गर्ने संकल्प पनि लिएका छौ जहाँ योग-ध्यान, आयुर्बेद, ज्योतिष, धर्मशास्त्र जस्ता जीवन पयोगी शिक्षा सिकाइयोस । त्यसपछि ७५ वटै जिल्लामा गुरुकुल बैदिक पाठशाला खोल्ने लक्ष छ।यस्तो पबित्र कार्यलाई सस्थागत गर्न गोरखनाथ कल्यांकेन्द्र नेपालले कुशेश्वोर धाममा विश्व शान्ति मन्दिर, गुरुकुल संस्कृत पाठशाला र योग – ध्यान केन्द्रको निर्माण हुदैछ।सुन्दर नेपालको परिकल्पना गर्नुहुने शान्ति प्रिय सज्जन नेपालीहरुलाई तन मनका साथ् सहयोग गरिदिनु हुन हार्दिक अनुरोध पनि गर्दछौ।
हरेक मानिसहरुको सपना हुन्छ।सपना देख्नु पनि पर्दछ तर त्यस्तो सपना जसले सुत्न नदेओस।विश्वको श्रीपेच नेपाललाई बैदिक शिक्षा मार्फत विश्वमा चिनाउने हाम्रो साझा सपनालाई आकार दिऔ। यसको लागि प्रकृतिको उत्कृष्ट सृजनालाई बुझ्ने कोमल मन र नेपाल देख्ने सुन्दर आखा भए पुग्छ।सबैलाई चेतना भया – जय गोरख।

-तुशिता-नेपाल (जीवन को पाठशाला)

 

प्रतिक्रिया