हिल हिमालयजको शीर्ष गीति भिडिओ ‘हामी मान्छे’ सार्वजनिक

इनेप्लिज २०७७ पुष २७ गते १२:३२ मा प्रकाशित

प्रकृति र पर्यावरण संरक्षणका लागि गण्डकी प्रदेशमा क्रियाशिल हिल हिमालयज संस्थाको शीर्ष गीति भिडिओ ‘हामी मान्छे’ सार्वजनिक भएको छ । संस्थाकै युट्युब च्यानल ‘हिल हिमालयज’बाट उक्त गीति भिडिओ सोमबार पोखरामा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।
गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङले क्लिक गरी उक्त भिडिओ सार्वजनिक गरे । प्रकृतिलाई पुनर्जीवन दिने उद्देश्यले थालिएको युवाहरुको सत्कर्मले नयाँ सन्देश दिएको गुरुङले बताए ।

कार्यक्रममा पोखरा जुओलोजिक पार्कका संयोजक हिमालय बख्रेलले प्रकृति संरक्षणको अभियानमा लागेका युवाहरुले समाजलाई नै प्रेरणामूलक सञ्चार प्रवाह गरेको बताए । जलवायु परिवर्तनको असर प्रत्यक्ष रुपमा प्रकृति, पर्यावरण, वन तथा वन्यजन्तुमा पनि पर्ने भएकाले मानवीय स्वार्थमा मात्र सञ् चालित गतिविधिलाई निरुत्साहित गर्न संस्थाले अग्रणी काम गर्नुपर्ने उनले औल्याए ।प्लास्टिकजन्य फोहोर प्रदूषणले अझ बढी हानी गर्ने हुँदा त्यस्ता वस्तुको प्रयोगलाई कम गर्दै लैजान अभियानले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे । प्रकृतिले नै पर्यटकीय सम्भावना दिलाएको मुलुकमा त्यस्ता प्राकृतिक स्थलको संरक्षणका लागि साझा लक्ष्य बोकेर अघि बढ्न उनको सुझाव छ।

कार्यक्रममा संस्थाको साप्ताहिक सफाई अभियानलाई हौसला प्रदान गर्दै कुशुम कृष्ण आयुर्वेदका सञ्चालक कृष्णबहादुर राउतले नगद ५ हजार सहयोग र केही थान फेस माक्स सहयोग गरेका थिए।युवाहरुमा जागृत सामाजिक गतिविधिलाई प्रोत्साहन स्वरुप सहयोग गरेको राउतले बताए।अभियानलाई निरन्तरता दिन सबै निकायसँग संस्थाले समन्वय गरेर अघि बढ्न उनले आग्रह गरे।

प्रदेश सभा सदस्य राजीव गुरुङका स्वकीय सचिव रोनित गुरुङले वातावरण प्रदूषणलाई कम गराउन संस्थाले लिएको उद्देश्य प्रेरणादायी भएको बताए ।
हिल हिमालयजका अध्यक्ष रोशन गुरुङले प्रकृति सफाईको अभियानलाई जारी राख्न सयौं अभियन्ताले पु¥याएको सहयोग र दाताहरुको हौसला प्रेरणाको जग भएको बताए । गीतसंगीत मार्फत पनि वातावरण संरक्षणमा सचेतना पुग्ने विश्वास संस्थाले लिएको उनले बताए।
गीतमा संस्थाका सफाई अभियन्ता आर्सन क्षेत्रीको शब्द तथा आवाज छ।साइमन तझ्याले संगीत भरेको उक्त गीति भिडिओको निर्माण लेबल नेक्स्टले गरेको हो । कृष्णराज गुरुङले भिडिओको सम्पादन गरेका हुन्।

संस्थाले हालसम्म २८ औं सफाई श्रृंखला सम्पन्न गरिसकेको छ।जसबाट ४१ हजार केजी बढी फोहोर संकलन गरी पोखरा महानगरको डम्पिङ साइटमा व्यवस्थापन भएको संस्थाका सदस्य विश्वास गुरुङले जानकारी दिए।

भिडिओको युट्युब लिंक

प्रतिक्रिया