मेलिना र हेमराजको हात्ती छाप चप्पल (भिडियो सहित)

इनेप्लिज २०७७ पुष २३ गते ११:०० मा प्रकाशित

नेपालको पुर्बी पहाडी जिल्ला पाँचथर साविक ओयाममा जन्मिएका मदन सेलिङ लिम्बुले अभिनय र निर्देशनमा एकै पटक आफूलाई होम्याएका छन्।उनको अभिनय सहित पहिलो निर्देशकीय श्रृजनामा हात्ती छाप चप्पल बोलको गीतको भिडियो सार्वजनिक भएको हो।

युवा युवतीहरुले अहिलेको र पहिलेको मानिसहरुको स्वभाव म पहिलेको अथवा होईन अहिलेको जस्ता शब्दहरु प्रयोग गरिएको यो मौलिक गीतमा मेलिना राई र हेमराज बेघा लिम्बुको स्वर रहेको छ।

बचन बेघाको शब्द तथा संगीत रहेको गीतको भिडियो आकर्षक बनाउँन माया प्रेम,रोमान्स तथा हाँस्य विधालाई पनि अपनाईएको छ।गीतको भिडियोमा मदन सेलिङ लिम्बु,आशिष राई,प्रिती तामाङ,बिन्दु मगर,अस्मिता तामाङ लगायतका कलाकारहरुको दमदार अभिनय र नृत्य देख्न सकिन्छ।समूहमा रहेका अन्य नृत्य कलाकारहरुको नृत्यले पनि भिडियो आकर्षक बनाउँन सघाउ पुर्‍याएको छ।

दिनेश माङ्मुको कोरियोग्राफी र मेघराज मग्रातीको छायाँकन रहेको भिडियोमा पुर्बेली युवा युवती जोडीको माया प्रेमको शैलीलाई पछ्याईएको छ।

प्रतिक्रिया