जीवनको लक्ष्य
सिद्धान्त यादव
२०७७ पुष २२ गते ११:०२ मा प्रकाशित
मिहिनेत गरौँ, अब लक्ष्य छैन् धेरै टाढा
निरन्तर अगाडि बढौँ भाँचेर सबै काँडा
दु:ख सहेपछि अवश्य सुख आउँछ
हरेक गलतीले असल कुरा सिकाउँछ
कर्म गरौँ, फलको नगरौँ आश
असफलता भए नबनौँ निराश
घमण्ड त्यागेर असल बाटोमा हिँडौँ
रिस त्यागेर हामी सधैँ सुखी रहौँ
स्वदेशमा नै बसेर गरौँ असल काम
संसारभरि चिनाऔँ नेपाल देशको नाम
सकारात्मक सोच र असल विचार
हुन् महान् व्यक्तित्वको आधार
बटुलौँ नयाँ सीप, अनुभव र शिक्षा
गरौँ हामी मानवता र धर्मको रक्षा
मिहिनेतले सुन्दर बन्छ हाम्रो जीवन
लक्ष्य पुरा हुनेछ हाम्रो अवश्य एक दिन
नाम: सिद्धान्त यादव
कक्षा: ६
बूढानीलकण्ठ स्कुल, काठमाडौँ।
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
अमेरिकाको फ्लोरिडा राज्यमा नेपाली समुदायको पहिलो लायन्स क्लव ग्रेटर ओर्ल्याण्डो लर्ड बुध्दको चार्टर नाईट सम्पन्न
बाइडेनको सपथ ग्रहण तथा उद्घाटनमा खटिएका १२ जना राष्ट्रिय सुरक्षाकर्मी हटाइए
इतिहासमै न्यूनतम बेरोजगारी दर स्थापित लगायत चर्चा गर्दै ट्रम्पले दिए बिदाई सन्देश
प्रतिक्रिया