अष्ट्रेलिया सिडनीमा पानीमा डुबेर एक नेपाली विध्यार्थीको मृत्यु

इनेप्लिज २०७७ पुष २१ गते १९:४१ मा प्रकाशित

काठमाडौ ,सीडनीको नजिकै रहेको वाटामोल्ला पार्कमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा एक जना २७ बर्षिय नेपाली विध्यार्थीको मृत्यु भएको छ ।

मृतक झापा घर भएका नेपाली विध्यार्थी सचित बिमली रहेको अस्ट्रेलियाली टेलिभिजन च्यानल नाइन न्युजले जनाएको छ ।

भाइ घुम्न गएको समेत उनको दीदीलाई थाहा थिएन , जब राती प्रहरीले घर आएर भाइको दुखद समाचार सुनायो , अझसम्म उनि बोल्न सक्ने अवस्थामा छैनन, एक आफन्तले सुनाए । दिदीसँगै सीड्नीको अर्वनमा बसोबासगर्दै आएका सचित साथीहरुसॅग वाटामोल्ला पार्क घुम्न गएका थिए ।

त्यही क्रममा पौडी खेल्दा डुबेर उनको मृत्यु भएको अस्ट्रेलियाली टेलिभिजन नाइन न्युजले जनाएको छ ।

सन २०१९को जुलाइमा मात्र अस्ट्रेलिया आइपुगेका बिमली यहाको प्रशिद्ध मक्वारी बिश्वबिद्यालयमा आइटी अन्तगर्त मास्टर्स डिग्री अध्यनरत थिए ।

बर्षेनी पानीमा डुबेर ज्यान गुमाउने नेपाली विध्यार्थीहरुको संख्या बढिरहेको बेला यस्तो दुर्घटनाले फेरी नराम्रो शन्देश दिएको एनआरएन अस्ट्रेलियाका महासचिब डा ज्ञानेन्द्र रेग्मीले बताए ।

हामी खोला नालामा पौडी खेलेका मानिश समुन्द्र र त्यसको बहाबसँग अभ्यस्त छैनौ तर पनि दुस्साहस गर्छौ ।

प्रतिक्रिया