जीएनएन, लन्डन — बेलायत स्थित नेपालीहरुको संस्था नेप्लिज ब्रिटिस कम्युनिटीको दशौँ वार्षिक साधारणसभा जुम मार्फत भर्चुअल्लि सम्पन्न भएको छ । सँस्थाका अध्यक्ष मिलन घिमिरेले संस्था १० वर्ष पुगेको अवसरमा सहयोगीहरुप्रति आभार व्यक्त गरेका थिए । उनले सबैलाई नयाँ वर्षको शुभकामना पनि दिए।
आइतबार आयोजित कार्यक्रमको सुरुआत नेपाल र बेलायतको राष्ट्रिय धुन बजाएर गरिएको थियो । संस्थाकी संस्थापक सदस्य मुना पौडेलले सबैलाई स्वागत गरेकी थिईन् । संस्थाको कार्यसमितिको तर्फबाट समिरनाथ प्याकुरेलले मन्तब्य राखेका थिए । संस्थाका सचिव चुरामणि रेग्मीले कार्यकाल भरि गरेका विभिन्न गतिबिधिको प्रतिवेदन पेस गरेका थिए । साथै गत बर्षको कार्यक्रमहरुको सम्पूर्ण कार्य बिवरण प्रस्तुत गरिएको थियो । संस्थाको नयां वेबसाइट बनाइएको, भाइबर ग्रुपमा डाटा सुरक्षाको लागि हदै सम्मको सावधानी अपनाइएको उनले जानकारी दिए ।
संस्थाको संागठनिक प्रतिवेदन पारित भएपश्चात संस्थाका कोषाध्यक्ष ऋषि खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । उक्त प्रतिवेदनहरु संस्थाका सदस्यहरुलाई अग्रिम रुपमा इमेल मार्फत प्रदान गरिएको थियो । संस्थाको कोषमा पाउन बाँकी रहेको रकम समेत गरेर ९,०६८ पाउण्ड रहेको कोषाध्यक्षले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका थिए ।
आर्थिक प्रतिवेदन पास भएपछि संस्थाका च्यारिटी बिभागका संयोजक लेखनाथ घिमिरेले बिधान संसोधन सम्बन्धि प्रस्ताव प्रस्तुत गरेका थिए । बिधानमा संस्थाका सदस्य समिर नाथ प्याकुरेलले वातावरण र वन्यजन्तु संरक्षणलाई पनि संस्थाको उदेश्यमा राख्न प्रस्ताव गरेका थिए । कार्यक्रममा प्रस्तुत बिधान संसोधन सम्बन्धित प्रस्ताव पारित भएपछि संस्थाका आजीवन सदस्यहरुलाई सम्मान गरिएको थियो । त्यस पश्चात संस्थाका अध्यक्षले वर्तमान कार्यसमिति भंग भएको घोषणा गरेर निर्वाचन समितिलाई हस्तान्तरण गरेका थिए । त्यस पश्चात निर्वाचन समितिका संयोजक बासु लामिछानेले निर्वाचनका सम्पूर्ण कार्यबिधि पढेर सुनाएका थिए । २५ सदस्यीय कार्यसमितिमा राजेन्द्र ओझा संयोजकमा चुनिएका छन् । साथै २५ जना ट्रस्टीहरु निर्विरोध निर्वाचित भएका छन् ।
नयां कार्यसमितिलाई सपथ दिलाएर कार्यक्रम सम्पन्न भएको थियो । बेलायतमा च्यारिटीको रुपमा दर्ता भएको संस्था, एनबिसी युके,ले स्थापना कालदेखि नै सामाजिक काम गर्दै आएको छ ।
संस्थाका नवनिर्वाचित सम्योजक राजेन्द्र ओझाले नवनिर्वाचित कार्यसमितिको तर्फबाट मन्तब्य राख्दै मेम्बरसिप बढाउने र च्यारिटी घरबाट नै सुरु हुने भन्दै संस्थामा मेम्बरका परिवार र साथिभाईलाई प्रत्यक्ष लाभ दिने कल्याणकारी कार्यक्रममा केन्द्रित हुने र संस्थालाई नेपालीहरूको एक नमुना संस्थाको रुपमा बिकास गर्ने प्रतिबद्दता ब्यक्त गरे ।
कार्यक्रम समापन पश्चात बसेको नया कार्यसमितिको बैठकले रबिन्द्र अधिकारीलाई सचिव र खेम राज जोशीलाई कोषाध्यक्षमा चुनेको छ ।
राजेन्द्र ओझा ( संयोजक ),रबिन्द्र अधिकारी ( सचिव ),खेम राज जोसी ( कोषाध्यक्ष )साथै संस्थाका नवनिर्वाचित ट्रस्टीहरुमा क्रमस लेखनाथ घिमिरे,समिर नाथ प्याकुरेल,किरण अधिकारी,कुल सिक्देल,प्रभु न्यौपाने,दिपेन्द्र लामिछाने,दामोदर आचार्य,राम सुन्दर साह,संजिव घिमिरे,ऋषि खनाल,सुरज कार्की,चुरामणि रेग्मी
तेज माया रेग्मी,प्रसुन राना,मुना पौडेल,सुमन चन्द्र गुरुङ,भन बहादुर चन्द,भगवती रानाभाट,बसन्त नेपाल ,हरि भण्डारी तथा डा. जगन कार्की रहेका छन् ।
निवर्तमान अध्यक्ष मिलन घिमिरे लगायत पूर्व संयोजकहरु कमल पौडेल, गंगा राना, संस्थाकी सक्रिय सदस्य भगवती रानाभाट लगायतले मन्तब्य व्यक्त गरेर कार्यक्रमको समापन भएको थियो ।
प्रतिक्रिया