वीरेन्द्र रावल,
धनगढी पौष १८÷जनताको अभिमत र लोकतन्त्रको हरण गर्ने कार्य प्रधानमन्त्री केपी शर्मा ओली बाट भएको आरोप नेकपाका नेता डा.भिम रावलले लगाएका छन्।नेकपाका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारिताले नेपाली जनताको अभिमतको अपमान भएको बताएका छन्।
शनिबार धनगढीमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै रावलले यस्तो बताएका हुन।
नेता रावलले – नेपाली जनताको समृद्धि,विकास र शान्तिको चाहनालाई प्रधानमन्त्रीले चक्नाचुर पार्दै देशमा अस्थिीरता सृजना गर्न खोजेको समेत आरोप लगाएका छन्।
आयोजित पत्रकार सम्मेलनमा नेता रावलले नेकपाका सुदुरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण बहादुर थापा र कैलाली जिल्ला अध्यक्ष रतन थापालाई समेत पार्टीबाट अनुशासनको कारवाही गरेको समेत जानकारी गराएका छन्।
नेता रावलले प्रदेश अध्यक्ष कर्ण थापाले गुटबन्दी गरेर पार्टी बिखण्डन गर्ने खालका कार्यमा सहयोग गरेको र जिल्ला अध्यक्ष थापालाई अनैतिक क्रियाकलापमा संलग्न भएको प्रमाणित भएकोले कारवाही गरिएको बताएका छन् ।
सु्दूरपश्चिम प्रदेश सरकार नेकपाको पूर्ण बहुमतका रहेकाले सुदूरपश्चिम प्रदेश सरकार नढल्ने कुनै सम्भावना नरहेको समेत बताएका छन्।
सरकार ढल्दैछ भनेर बाहिर जेजति होहल्ला गरिएतापनि उनले बाहिर आएका सबै कुरा हल्ला मात्रै भएकोले सरकार भन मजबुत भएर अगाडी बढ्ने बताएका छन्।प्रदेश सरकार ढल्छ भन्ने कुरा भ्रम भएको बताउदैं नेता रावलले हामी एकता बद्ध भएको जानकारी दिए ।’’एकजना प्रदेश सभा सदस्य काम विशेषले काठ्माण्डौं गएका बाहेक सबै जनाको उपस्थिती छ’,उनले भने,’यस्तो बलियो प्रदेश सभा भएको ठाउँमा अब सरकार कसरी ढल्ने हो,यस्तो प्रचारको कुनै पनि औचित्य छैन।’’
उनले आज बसेको सुदुरपश्चिम नेकपा संसदिय दलको बैठकका बहुमत सदस्यले सरकारको कदमको बिरोध गरेको दाबी गरे।उनले प्रचण्ड(नेपाल समुह नै आधिकारिक भएको समेत बताएका छन।साथै प्रधानमन्त्रीले हुँदै नभएको अधिकाचक्नार प्रयोग गरेर संसद बिघटन गरेको नेता रावलले बताए।
नेकपाका सुदूरपश्चिमका सबै पार्टी कार्यकर्ता,शुभचिन्तक र नेताहरुलाई माधव –प्रचण्डले नेतृत्वको गर्ने नेकपानै आधिकारिक भएको पत्रकार सम्मेलनमा बताएका छन्।
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया