बेलायतमा नयाँ वर्षमा नयाँ युगकाे शुरुवात, इयूबाट औपचारिक रुपमा बाहिरियो

इनेप्लिज २०७७ पुष १७ गते २३:२७ मा प्रकाशित

एजेन्सी । युरोपेली संघ ‘इयू’बाट औपचारिक रूपमा बाहिरिने प्रक्रिया सम्पन्न भएसँगै बेलायतमा नयाँ युग शुरु भएको छ । स्थानीय समय अनुसार राति एघार बजेदेखि बेलायत इयू अन्तर्गतका नियमहरूको पालना गर्न छोडेको हो ।

इयू छाडेसँगै बेलायतमा यात्रा, व्यापार, अध्यागमन र सुरक्षा सहकार्यका लागि नयाँ व्यवस्थाहरू लागु गरिएका छन् ।

प्रधानमन्त्री बोरिस जोनसनले नयाँ वर्षको शुभकामना सन्देश दिँदै इयूसँग ब्रेक्जिटपछि पनि दुवै पक्षले स्वतन्त्र रुपमा व्यापारमा सहभागी हुन पाउने बताएका छन् । उनले केही हप्ता नयाँ नियमहरु कार्यान्वयनमा नआएसम्म सीमाहरुमा केही समस्या भएपछि चाँडै समाधान हुने पनि उल्लेख गरेका छन् ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले बेलायल आफूहरूको मित्र र सहयोगी रहने बताएका छन् । नयाँ व्यवस्था अनुसार बेलायतका उत्पादनहरु इयूको आन्तरिक बजारमा लैजान कुनै अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । बेलायत र इयू आवद्ध राष्ट्रहरुमा हुने व्यापारमा थप कर नलगाउने सहमति पनि भएको छ ।

२७ सदस्य राष्ट्र रहेको युरोपेली संघबाट बेलायत गत वर्ष जनबरी ३१ तारिखमा बाहिरिएको थियो । सन् २०१६ मा गरिएको ब्रेक्जिट जनमत संग्हको करिब साढे तीन वर्ष पछि बेलायतले यसतर्फ अन्तिम कदम चालेको हो ।

प्रतिक्रिया