गैरआवासीय नेपाली संघको मानव कल्याणकारी योजना अन्तर्गत दोश्रो मोबाइल ब्लड बैंक परियोजनाका लागि आर्थिक संकलन अभियान नयाँ बर्ष २०२१ को प्रारम्भ सङ्गै शुरुवात गरेको छ ।
सुबिधा सम्पन्न उपकरण सहितको यो बसबाट लामो दुरीका रक्त संकलन स्थलमा गएर बस भित्रै रक्त दान गर्नै , संचयन गर्ने र सुरक्षित रुपमा ब्लड बैंक सम्म ल्याउन सक्ने सुबिधा सहितको छ । यस अघि यस्तै बस एनआरएनएले चितवन रेडक्रसलाई उपलब्ध गराई सकेको छ ।
उक्त बसका लागि अर्थ संकलन अभियानको आज नयाँ बर्षको प्रारम्भमा शुभकामना सहित शुरु गरिएको छ ।
यो अभियानमा संसार भर रहेका एनआरएनएका राष्ट्रिय समितिहरु,सुदुर पश्चिम समाजहरु,एनआरएन अभियन्ताहरु ,प्रवासमा रहेका सुदुर पश्चिमेलीहरु ,नेपाल र प्रवासमा रहेका सामाजिक सस्थाहरु ,समाजसेवीहरु र ह्युमानिटी फाउन्डेसन धनगढी ,टिकापुर सरोकार समूह ,धनगढी उपमहानगर पालिका र नेपाल रेडक्रस सोसाइटी कैलालीको समेत सहभागिता रहनेछ ।
आउने चार महिना भित्र यो बस सुदुर पश्चिम प्रदेश भर सेवा पुर्याउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी कैलालीलाई हस्तान्तरण गर्ने लक्ष्य लिइएको छ ।
प्रतिक्रिया