गुट चेपुवामा सुदूर पश्चिम प्रदेशका भौति पूर्वाधार मन्त्री बोहरा,बोहराले भने– घरको ईट्टा भत्काएर घर बलियो हुन सक्दैन

वीरेन्द्र रावल २०७७ पुष १७ गते १५:१५ मा प्रकाशित


वीरेन्द्र रावल,

धनगढी, पौष १७÷ नेकपा भित्रको चरम गुटबन्दकिा कारण सुदुरपश्चिम प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवाररी बाट बर्खास्त गरिएका मन्त्री पठान सिहं बोहराले आफुलाई जानकारी विनानै पद बाट हटाइएको बताएका छ्न।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री त्रिलोचन भटट्ले प्रदेशकै इज्जत जोगाउन सहयोग गर्ने आफु मन्त्री रहेको भौतिक पूवर्धाधार मन्त्रालयको मन्त्री पदबाट विना कारण हटाइएको बताएका छन्।

सुदूरपश्चिम प्रदेश सरकारको साख जोगाउने कार्य भौतिक पूवर्धाधार मन्त्रालयले मात्र गरिरहेको ज्ञात भएका मुख्यमन्त्री त्रिलोचन भटट्को गुटगत राजनीतिक प्रतिशोध आफुमाथी साँधिएको कुरा तत्कालिन मन्त्री पठानसिंह बोहराले शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बताएका हुन।

सुदूरपश्चिममा सडक,यातायात,विजुली,जलविबद्युत देखि लिएर तटबन्ध जस्ता विकास निर्माणका कामको शिलसिलामा मन्त्रालयका सचिव सहित संघीय राजधानी काठमाण्डौ गएको अवस्थामा हठात पदबाट बर्खास्ती गर्ने कार्यले मुख्यमन्त्री भटट् सुदुरको विकासप्रति चिन्तीत नभएको स्पष्ट भएको समेत तत्कालिन मन्त्री पठानसिंह बोहराले बताएका छन्।

‘मलाई जिम्मेवारीबाट हटाईएको औपचारिक जानकारी अहिलेसम्म प्राप्त भएको छैन्,’बोहराले भने,‘सञ्चारमाध्यम बाट बर्खास्तमा परेको खवर पाएको हुँ।तर अहिलेसम्म जिम्मेवारीबाट हटाउनको कारणबारे मलाई भनिएको छैन्।’

उनले भौतिक पूर्वाधार विकास मन्त्रालयमा आफुले गरेको कामकै कारण प्रदेश सरकारको शिर उचो भएको बताउँदै भने, ‘मलाई मन्त्री पदबाट हटाएर जगको ढुङगा निकाल्ने काम भएको छ।त्यो समयले पनि देखाउने छ।’बोहरा काठमाडौँमा हुँदा पुस १४ गते मुख्यमन्त्री भट्टले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मन्त्री बोहरालाई बर्खास्त गरेका थिए।

आफै संकटमा रहेका मुख्यमन्त्री भटट्ले सुदूरपश्चिमको एकमात्र चलायमान मन्त्रालयको रुपमा स्थान पाइसकेको भौतिक पूर्वाधार मन्त्रालयका आगामी काम कारवाहीहरु नयाँ आउने जोकोहीका लागि पनि फलामको चिउरा चपाए सरह हुने समेत मन्त्री बोहराले ठोकुवा गरेका छन्।

तत्कालिन मन्त्री बोहराले आफुले सुदूरपश्चिमका हरेक कु्ना काप्चाका जनताले भोग्नु परिरहेको यातायात,खानेपानी,विजुली बत्ति देखि लिएर नदी कटान जस्ता समस्याहरुको समाधानका लागि संघीय सरकार समक्ष थप बजेट माग गर्ने अवसरबाट पनि बिमुख गराउने कार्य सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीबाट हुनु दुःखद भएको बताएका छन्।

विना कारण जनताको विकासका बाधक बन्ने कार्यले तिब्रगतिमा अगाडी बढिरहेका विकास निर्माणको कार्यमा विराम लगाउने कार्य भएको समेत बोहराले बताएका छन्।मन्त्री पद गुम्यो भन्ने आफुमा चिन्ता नभएपनि जनताले आशा र भरोसा गरेका विकास निर्माण र समृद्धिको मार्गमा ठेस लाग्छकी भन्ने चिन्ता आफुमा रहेको भनाई बोहराको रहेको छ।

विगतका बर्षहरुमा भन्दा आफ्नो कार्यकालमा छोटो समयमा भएपनि ८ सय किलोमिटर बाटो कालोपत्रेको चरणमा प्रवेश गरेको समेत बोहराले दावी गरेका छन्।२०१८ को तथ्यांक अनुसार हालसम्म १ हजार किलोमिटर भन्दा बढी पिच सुदुरपश्चिममा नरहेको इतिहासलाई उछिन्दै आफ्नो कार्यकालमा ८ सय त्यो पनि दुई बर्षको अवधी भित्र निर्माण सम्पन्न गरिसकेको कुरा तत्कालिनमन्त्री पठानसिंह बोहराले पत्रकार सम्मेलनमा जानकारी गराएका छन्।

उनले सुदुरपश्चिमका गौरवका आयोजनाहरु सडक, जलबिद्युत लगायतका कार्यहरु आफ्नो पालामा शुरुवात भएका र त्यसको निरन्तरातामा ठेष नलागोस् भन्नका लागि पनि आफु बाहिरीनु पूर्व मन्त्रालयका पदाधिकारीहरु संग छलफल र बिचार बिमर्शहरु गरेको समेत बोहराले बताएका छन्।

हालैको बाढी र पहिरोका कारण सुदूरपश्चिममा सवा २ अर्व को पुर्ननिर्माणमा लागत लाग्ने अवस्थामा केन्द्र सरकार समक्ष आफुले माग राख्ने र त्यसको परिपूर्तिका लागि कामको थालनी गर्नगैरहेको अवस्थामा आफुमाथी अन्यायपूर्ण,विभेदपूर्ण र चरम गुटबन्दीको लाठि बर्षााएर जनताको विकासको चाहना माथी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भटट्ले जनताको विकासको चाहनामा घात गरेको समेत तत्कालिन मन्त्री बोहराको आरोप छ।शुक्रबारकै दिन भौतिक पूर्वाधार मन्त्रालयको जिम्ममेवारी मुख्यमन्त्री त्रिलोचन भटट् आफैले सम्हालेका छन्।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया