काठमाण्डौं ।
सुगम संगीतमा सषर्धरत गायिका मेरिना राईको आवाजमा रहेको “खुल्यो है आकाश ” गीतको भिडियो सार्वजनिक भएको छ ।
आफुले माया गर्ने प्रेमी गुमाउनु पर्दाको अवस्थालाई गीतमा समेटिएको छ । विगतको मिलनलाई बर्तमान समयमा भुल्न निकै गाह्रो हुने मनमा भावहरुलाई गीतमा कोरिएको छ ।
बालन्दा मावोको शब्द तथा एकान्त आदम्वेको संगीत गीतमा रहेको छ।विरेन सुब्बाको छायाँकन ,सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ।गीतलाई क्रान्ति सुब्बाले निमार्ण गरेका हुन।
प्रतिक्रिया