युट्युब ट्रेडिङमा समिक्षा र टिकटक भाईरल प्रकाश चन्द अभिनित ‘छुट्टने मायालाई’ ( भिडियो )

इनेप्लिज २०७७ पुष १६ गते २१:४५ मा प्रकाशित

पछिल्लो समयकी चर्चित एब ब्यस्त मोडेल समिक्षा पोखरेल र स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको डुब्लिकेट भनेर सामाजिक संजालमा भाईरल भएका प्रकाश चन्द अभिनित म्युजिक भिडियो ‘छुट्टने मायालाई’ युट्युब ट्रेडिङको अग्र स्थानमा अघि बढ्दै गरेको छ।सार्वजनिक भएको केहि घण्टा भित्रै युट्युबको ट्रेडिङमा पर्न सफल भएको भिडियो यो समाचार तयार गर्दा सम्म युट्युबको नेपाल ट्रेडिङको १७ औ स्थानाम रहदै निरत्तर अघि बढ्दै छ भने करिब ४ लाख भन्दा बढी दर्शकको हेरिसकेका छन।

लोकप्रिय गायिका रचना रिमाल र सबिर ऐरको स्वर रहेको गीतमा बिष्णु भट्टको शब्द ,संगीत रहेको छ भने भिडियोमा चक्र बरालको छायाँकन ,बिकास ज्ञवालीको सम्पादन र देबेन्द्र कुँवरको निर्देशन रहेको छ।

भिडियोमा प्रकाश र समिक्षाको साथमा निशा राई,राधाकृष्ण पुडासैनी र बेनिशा बेल्बासेको पनि अभिनय रहेको छ।भिडियोलाई एस थ्री के ईन्टरटेनमेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

अभिनेता स्वर्गीय श्रीकृष्ण श्रेष्ठको डुब्लिकेट भनेर सामाजिक संजालमा भाईरल भएका प्रकाश चन्दको अभिनयमा दोस्रो म्युजिक भिडियो”छुट्टने मायालाई”एस थ्री के ईन्टरटेनमेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ।देबेन्द्र कुँवरको निर्देशनमा बनेको भिडियोमा प्रकाश चन्दसंगै समिक्षा पोखरेलले अभिनय गरेकि छन् भने साथमा निशा राई,राधाकृष्ण पुडासैनी र बेनिशा बेल्बासेको अभिनय रहेको छ।गित सार्वजनिक भएको २४ घण्टा नपुग्दै युटुब ट्रेडिङमा आएको छ।यो समाचार तयार पार्दासम्म १ लाख भन्दा बढी दर्शक स्रोताको नजरमा पुगिसकेको ।

रचना रिमाल सबिर ऐरको स्वर, बिष्णु भट्टको शब्द संगीत रहेको गीतको भिडियो चक्र बरालले छायाँकन गरेको म्युजिक भिडियो बिकास ज्ञवालीले सम्पादन गरेका हुन्।

प्रतिक्रिया