एस्ट्राजेनेका तथा अक्सफोर्ड विश्वविद्यालय बनाएको खोपलाई बेलायतमा अनुमति

इनेप्लिज २०७७ पुष १५ गते ११:४७ मा प्रकाशित

जिएनएन । बेलायत सरकारले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले बनाएको कोरोनाभाइरसविरूद्धको खोपलाई आम प्रयोगका लागि अनुमति दिएको छ।

बेलायतको स्वास्थ्य मन्त्रालयले मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्ट रेगुलेटरी एजेन्सीको सिफारिसमा दुई डोज लगाउनु पर्ने उक्त खोपलाई बुधबार अनुमति दिएको हो।

यो बेलायतमा नै बनेको खोपलाई अनुमति दिन बेलायत पहिलो मुलुक हो। बेलायतले उक्त खोप १० करोड डोज अर्डर पनि गरिसकेको बताएको छ।

कोरोनाविरूद्ध यो खोपको प्रभावकारिता ७०.४ प्रतिशत रहेको उत्पादकले बताएको थियो ।

अक्सफोर्डको यो खोप भारतमा पनि उत्पादन गर्ने सम्झौता भइसकेको छ। खोपको एक डोजको मूल्य ५ देखि ६ सय भारूसम्म राख्न खोजेको उनले भनाइ छ।

प्रतिक्रिया