काठमाडौं,
प्रेम कथानक फिल्म ‘हिड्दा हिड्दै’ को सुटिङ सोमबारबाट सुरु भएको छ। पहिलो दिनको सुटिङ ललीतपुरको गोदावरीमा गरिएको थियो।जसमा अभिनेता सलोन बस्नेत र अभिनेत्री सानीया खानबीचका प्रेमील दृश्य कैद गरिएको जानकारी फिल्मका प्रस्तुतकर्ता सुशील पंगेनीले दिएका छन्।
मिलन आले मगरको निर्देशनमा आकाश श्रेष्ठ,सलोन बस्नेत,नवअभिनेत्री रेखा शाह, सानीया खान, बिकास थापामगर,बिबेक रामदाम,ममता पौडेललगायतका कलाकारको अभिनय रहने फिल्मको स्क्रिप्ट प्रस्तुतकर्ता पंगेनीले लेखेका हुन्।
कोहलपुर मोडेल कलेजसँगको सहकार्यमा नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टले निर्माण गरिरहेको फिल्मको निर्मातामा प्रमोदकुमार तामाङ,राजकुमार थिङ र पारस गुरुङ छन्।महादेव शाह सहनिर्माता रहेको फिल्म काठमाडौ र गाइघाटमा खिचिने छ।सुमनकुमार तण्डुकारको छायांकन रहेको फिल्मका गीतमा बसन्त सापकोटा र किरण माइकलको संगीत र कबिराज गहतराजले कोरियोग्राफी गर्ने छन।देव महर्जनले द्धन्द्ध निर्देशन गर्ने फिल्मको मुख्य सहायक निर्देशकमा यम भण्डारी र रामकुमार थिङ छन्।फिल्मको सुटिङ अबधि ३५ दिन तोकिएको छ।
प्रतिक्रिया