मिथिला आर्टमा अब्बल सुनैना

टंक पन्त २०७७ पुष १३ गते ८:५३ मा प्रकाशित

 

 

 

सुनैना ठाकुर मिथिला आर्टका लागि राष्ट्रिय स्तरमा नै परिचित नाम हो । मिथिला आर्टमा प्रख्यात युवा महिला सुनैना देबीको हातमा जतिखेर पनि रंग र ब्रस देखिन्छ ।
त्यसैले पनि उनलाई सुन्दरताकी तश्बीर पनि भन्ने गरिन्छ । भगवानलाई सबैले सम्मान र आदर गर्छन भने नपालको संस्कृति र सम्पदापनि ऐतिहासिक रहेको छ । ती ऐतिहासिक सम्पदा र सांस्कृतिक धरोहरलार्ई सुनैनाको मिथिला आर्टले थप जीबन्त बनाउने काम गरेको छ ।

२००४ देखि मिथिला आर्टमा हात बसालेकी सुनैना देबीले साना ठुला गरेर १० हजार बढी सुन्दर र अति आकर्षक चित्र कोरिसकेकी छन । उनले आफनो आर्टलाई अमेरिका , जापान , श्रीलंका , भारत लगायतका धेरै देशमा प्रदर्शन समेत गरिसकेकी छन । अहिले पनि उनको कलाको सम्मान गरेर बिभिन्न देशले प्रदर्शनीका लागि अफर गरेको पत्र उनको हातमा छ तर कोभिड १९ को कारणले प्रदर्शनीका लागि बाहिर निस्कन पाएकी छैनन ।

जनकपुर जस्तो अन्तराष्ट्रिय रुपमा पनि प्रतिष्ठित रामजानकी मन्दिर नजिकै स्थायी घर भएकी ३७ बर्षीया सुनैना देबीमा मिथिला आर्ट प्रति जुनखालको लगाब थियो त्यो लगाब र चाहना माथि हौसला , प्रेरणा र उर्जा भर्ने काम जेण्डर स्पेलिष्ट मीना शर्माले गरेकी छिन ।

सर्चफर कमन ग्राउण्डमा हुंदा देखि नै मीना शर्मा दिदीले सहयोग गर्नुभयो र अहिले सम्म पनि मिथिला आर्ट मार्फत राष्ट्रिय अन्तराष्ट्रिय रुपमा स्थापित बनाउन लागिरहनुभएको छ त्यसैले म अगाडि बढनुमा पहिलो श्रेय मीना दिदीलाई दिन्छु , सुनैना ठाकुर भन्छिन –त्यो संगै मेरा श्रीमान शम्भु ठाकुरको पनि पुर्ण सहयोग र सकारात्मक सोचकै कारण म मिथिला आर्टको क्षेत्रमा अग्रभागको सुचिमा परेकी छु त्यसका लागि उहाहरु प्रति नमन गर्दछु ।

मिथिला आर्टबाटै एक दर्जन बढी राष्ट्रिय अन्तरराष्ट्रिय पुरस्कारबाट सम्मानित सुनैना देबीले कोभिड १९को बिश्वब्यापि महामारीको समयमा बिभिन्न पीडामा रहेका मजदुर , श्रमजीबी नागरिक , गर्भवती महिला , बालबालिका , बिधालय जान नपाएका बिधार्थीको अबस्था र कोरोना महमारीका कारण अस्पताल जान नपाएर छट्पटाएकी गर्भवती महिलाको अबस्था झल्किेने खालका थुप्रै आर्ट गरेकी छिन । त्यसैले पनि उनका पछिल्ला आर्टलाई निकै महत्वका साथ हेर्ने गरिएको छ । उनका हातले कोरेका चित्रहरु २ सय देखि ८० हजार सम्म पर्छ ।

प्रतिक्रिया