बम्पर चिट्ठा थाप्न किन काप्दैछ काँग्रेसको हात ?

दीपक पन्त २०७७ पुष १२ गते १३:२२ मा प्रकाशित

गत हप्ता प्रधानमन्त्री के.पी. शर्मा ओलीले आकस्मिक रुपमा गरेको संसद बिघटनले देशमा नयाँ राजनैतिक तरंग पैदा भएको छ । बिकसित राजनैतिक घटना क्रम हेर्ने हो भने हिजो आज देशको राजनीति मध्य भुमरीमा फसेको जस्तो देखिन्छ ।

नेकपाको झन्डै दुई तिहाई बहुमतको सरकारका प्रधानमन्त्री के.पी. ओलीले गरेको एक राजनैतिक निर्णयले व्यबस्थापिका संसद रिक्त भएको हो । यद्दपि यसको बिपक्षमा सर्बोच्च अदालतमा परेको रिट निबेदन अन्तिम किनाराका लागि बहस पैरवी तोकिएको छ ।

यस किसिमको अप्रत्यासित घटनाबाट अत्यालिएका प्रचण्ड -नेपाल समुहले पार्टीको आन्तरिक कलहबाट पूर्ण बहुमतको सरकार विघटन गरेका ओलीलाई कारबाही गरेका छन् । त्यसै गरी प्रधानमन्त्री ओलीले पनि भर्खरै बिघटन गरेको संसदको बिषयमा मत मतान्तर भइ मन्त्रि मण्डलबाट राजिनामा दिएका मन्त्रीहरुले सम्मालेका मन्त्रालयहरुमा केही नयाँअनुहार समाबेश गरी भर्ताल गरी सकेका छन् ।

यसरी हेर्दा अप्रत्यासित रुपमा बिकास भएको राजनीतिक परिबेशमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भूमिका गौण देखिन्छ । घटना पछि देखिएको राजनैतिक शुन्यताले काँग्रेसको आत्मनिर्णय अत्यन्तै कमजोर देखिएको छ ।

बरिष्ट नेता रामचन्द्र पौडेलले ओलीको यो कदम गैह्र राजनैतिक चरित्र भएको हुँदा यो असंबैधानिक निर्णयको बिरोध गर्दै सडकमा शक्ति संघर्ष चर्काउनु पर्ने कुरामा जोड दिएका छन्भने पार्टी सभापति देउवा पर्ख र हेरको नीतिमा रहेका छन् ।

पूर्ण बहुमतको सरकार ५ बर्ष नबित्दै मध्यावधि निर्वाचनमा जाने निर्णय आम नेपाली जनता ,देशको लागि प्रतिघात भए पनि काँग्रेस स्वयम् को लागि भने अनेपेक्षित परिणाम सुपर बम्पर योजनाको लोट्टरी हुने कुरा आम जनताको बिस्वास छ ।

सत्य के हो ? हुनु पर्ने के थियो ? जनता के चाहन्छन् ? भन्दा नि द्रोण बध को गुरु मन्त्र “नरो बाकुन्जरो वा असोस्थामा हतो हत :” भन्ने मूल मन्त्र कांग्रेसले जप्नु अहिलेका लागि हितकर हुनेछ। द्वापर युगमा जस्तै आफ्नै अन्तर कलहले नाश भएका यदुबंशीको उद्दारका लागि आजको काँग्रेस त्रेता युगका रामभक्त हनुमान बनी संजीवनी खोज्ने महामुर्खता कदापि गर्नु युक्ति संगत हुने छैन।

आज संबिधानको ब्याख्यता बनि सडक आन्दोलनमा जाने अभिव्यक्ति दिने कांग्रेसका वरिष्ठ नेताहरु हिजो कांग्रेसले गरेका सबै निर्णय संबिधान र जन भावना अनुरुप गरेको हो भनेर सार्बजनिक रुपमा बहस गर्न सक्छन ?

इतिहास देखि बर्तमान सम्म हेर्ने हो भने राजनैतिक पार्टीले गर्ने राजनैतिक समझधारी वा निर्णर्यहरू सबै कानुनी धारमा कसी लगाएको पाइन्छ छ र ? कुनै काल खण्डको निर्णय हेर्ने हो भने न्यायपालिका प्रमुख नै कार्य पालिका प्रमुख बनाइएको थियो । यो निर्णयलाई कुन संबैधानिक हिसाबले न्यायोचित मान्न सकिन्छ र ?

प्रधान न्यायाधिस शुशिला कार्की महाअभियोग प्रकरण ,आइ .जी.पी नियुक्ति ,भ्रस्टाचार, सुसाशन काण्डहरुमा के काँग्रेसले बिधि बिधान लोक तन्त्रको मर्मलाई आत्म साथ गरेको थियो? स्वार्थ र दलीय गुठको दलदलमा जकडिएको कांग्रेसलाई आज समयले दिएको अनेपेक्षित सुपरबम्पर उपहार क्यास गर्न किन हात कापी रहेछ ? प्रश्न गम्भीर एबं मनन योग्य रहेको छ । के बजारमा आएको हल्ला जस्तै कतै रास्ट्रपति ललिपपको खेति गर्न कांग्रेसका केही स्वार्थगुटले बाँजो बारीमा बूढो गोरुले जोतेर फल खाने दिवा स्वाप्न त देखेका होइनन् ?

राजनीतिमा इमान्दारीको भिख माग्दै बहस र प्रतिक्रिया दिएका स्वयम् प्रचण्डले कांग्रेस संगको इमान्दारिता कसरी मापन गर्ने ? हिजो भर्खर जस्तो लाग्छ ,कांग्रेसका रुखलाई हसिया हतौडा र तारामा मिलान गरि धृष्टरास्ट्र मोह पुत्री रेणु लाई विरासतमा स्थापित गर्दै गर्दा आफै सरकारमा बसेर शेर बहादुरको जाँघ भरि सु -सु गरेको इतिहासलाई सलक्कै बिर्सेर आज फेरि प्रचण्ड रोइलोमा गित गाउदै मादल ठोक्नु कत्तिको युक्ति संगत होला ?

यसरी हेर्दा लोकतान्त्रिक व्यवस्थामा ताजा जनादेशमा जाने कुरामा कांग्रेसले खुट्टा कमाउनुल ज्जाको कुरा हो । त्यसै पनि संविधानले परिकल्पना गरेको बैकल्पिक सरकारको गठन प्रस्ताब अभ्यासै नगरी नभई मध्यावधि गर्न नपाइने भन्ने तर्कमा पनि त्यति साह्रो दम देखिदैन । किनकि झन्डै दुइ तिहाइ बहुमत रहेको नेकपा सरकारको बिकल्पमा अर्को सरकार बन्ने सम्भावनाको परिकल्पना पनि गर्न सकिदैन ।

अत: पूर्ण बहुमत सरकारको प्रधानमन्त्रीले गरेको संसद बिघटनकोसिफारिस माथि प्रश्न उठ्नु आफैमा लोक तान्त्रिक प्रणालीको धज्जी उड्नु जस्तै हो ।

यद्यपि यो बिषय सम्मानित सर्बोच्च अदालतको बिषय भइ सकेको हुँदा अदालतको निर्णय नै अन्तिम किनारा होला । तै पनि राजनैतिक आन्दोलनको एक प्रमुख दल र प्रजातन्त्रको पर्याबाची ठान्ने काँग्रेसले इतिहाँसले फेरी दिएको सुपर बम्पर योजनामा हात थाप्न किन डराई रहेछ ?

आमजन मानस काँग्रेससँग यो प्रश्न गरि रहेका छन् कि “रुद्रिको कालो टीको अभिष्टको संकेतहोइन” शुभ सुखदको आशिर्वाद हो । तर पनि तिम्रा हात किन काँपी रहेछ ? ।

दीपक पन्त

मिल्वाकी ,अमेरिका

प्रतिक्रिया