आङ्बोलाई मन्त्री पदबाट मुक्त

इनेप्लिज २०७७ पुष ११ गते १५:४१ मा प्रकाशित

विराटनगर,११ पुस।प्रदेश न.१ को मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोलाई आज पद मुक्त गर्नुभएको छ।

नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोलाई पद मुक्त गरेको मुख्यमन्त्री राईको प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो।

प्रतिक्रिया