सार्वजनिक शिक्षामा सुधार

शकबहादुर बुढाथोकी २०७७ पुष ९ गते १२:३४ मा प्रकाशित

शकबहादुर बुढाथोकी,

सार्वजनिक शिक्षा क्षेत्रमा सुधारका लागि विद्यालय सुशासन पहिलो महत्वपूर्ण पक्ष हो।सरोकारवालाको विचमा निरन्तर रुपमा समन्वय एवं सहकार्य गर्न सकेको खण्डमा सो उद्देश्य हासिल गर्न सकिन्छ।उनीहरुको विचमा खुल्ला संवाद अत्यन्तै आवश्यक हुन्छ।विद्यालयमा सामान्य रुपमा लिइएका कृयाकलाप पनि सल्लाह एवं छलफलबाट समाधान गर्न सकेमा क्रमिक रुपमा सुधारको बाटोमा अगाडि बढ्न सकिन्छ ।साथै,सामुहिक प्रतिबद्धता पनि कायम गर्नुपर्ने हुन्छ।STEM II परियोजनाले कैलाली जिल्लाका तीसवटा सामुदायिक विद्यालयको सुशासनमा सुधार गर्न सरोकारवालासँग समन्वय एवं सहकार्य गरेको छ।उक्त परियोजनाको सिकाइ अन्तर्गत सरोकारवालाको जागरुकता एवं आपसी समझदारीको माध्ययमबाट विद्यालयको समग्र पक्षमा सुधार गर्न सकिन्छ भन्ने रहेको छ।

परियोजनाले सरोकारवालाको सकृयता एवं सहभागिता बढाउन काम गरेको थियो । विद्यालय व्यवस्थापन समिति (विव्यस),शिक्षक अभिभावक संघ (शिअसं), शिक्षक, विद्यार्थी एवं सामुदाका नेतृत्वकर्ताको विद्यालय सुधारमा महत्वपूर्ण भूमिका हुने भएकोले परियोजनाले उनीहरुसँग विभिन्न चरणमा छलफल तथा बैठक सञ्चालन गरेको थियो।

विव्यस र शिअसंका काम, कर्तव्य र अधिकार सम्बन्धी नीतिगत व्यवस्थाबारे पर्चा प्रकाशन गरी उहाँहरुलाई उपलब्ध गराउने काम भएको थियो । त्यसको उद्देश्य मुख्तः सरोकारवालाविच सचेतना फैलाउनु र उहाँहरुको जिम्मेबारी बोध गराउनु रहेको थियो । जसको फलस्वरुप विद्यालयको सुधारमा सकारात्मक पहलको थालनी होस भन्ने रहेको थियो।

यसै गरी नेपाल सरकारले जारी

गरेको गुनासो सुनुवाई कार्यविधि २०७४ अनुसार विद्यालयमा सुझाव पेटिकाराख्नु पर्ने हुन्छ।र सुझाव पेटिकामा आएका सल्लाह एवं सुझावलाई विद्यालयमा गठित गुनासो सुनुवाई समितिले सम्बोधन गर्नु पर्दछ।विद्यार्थीले भोग्नु परेका विभिन्न किसिमका समस्या सुझाव पेटिकामा आउने गर्दछन्।विशेष गरी विद्यालयको व्यवस्थापन,भौतिक एवं विद्यार्थीको सिकाइ पक्षबारे सल्लाह एवं सुझाव आउने गरेका छन्।विद्यालयमा सुझाव पेटिकाको प्रबन्ध गर्न सकेमा विद्यार्थी,शिक्षक र विद्यालयले झेल्नु परेका समस्या समयमै उपयुक्त तरिकाले समाधान गर्न सकिन्छ र यसले गर्दा विद्यालयका विभिन्न पक्षमा सुधार गर्न सम्भव पनि हुन्छ।

नेपाल सरकारको गुनासो सुनुवाई पेटिका राख्ने प्रावधान भए पनि विद्यालय तहमा यसका विभिन्न चुनौती विद्यमान छन्।सवभन्दा पहिलो विषय त सुझाब पेटिका कुन ठाउँमा राख्ने वा सुझाब पेटिका बालबालिकाको पहुँचमा छ या छैन।र यदि पहुँचमा छ भने पनि विद्यार्थीलाई यसको प्रयोग कसरी गर्ने भन्ने पर्याप्त जानकारी छ कि छैन।यदि जानकारी छ भने प्रयोग गरेका छन् कि छैनन्।

अनि यदि प्रयोग गरेका छन् भने उनीहरुको सुनुवाई भएको छ कि छैन आदि । यि चुनौती हल गर्नका लागि क्त्भ्ः क्ष्क्ष् परियोजनाले विद्यार्थी एवं शिक्षकका लागि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको थियो।यसका साथै सुझाव पेटिकालाई कसरी व्यवस्थापन गर्ने वा कार्यान्वयन गर्ने भन्नेबारे पनि सहयोग गरेको थियो।

STEM II परियोजनाले विद्यालयका सरोकारवालासँग काम गर्दै उनीहरुलाई विद्यालयको सवल पक्ष, सुधार गर्नुपर्ने पक्ष, अवसर एवं चुनौतीबारे विस्तृत रुपमा छलफल गरी कार्ययोजना निर्माण गर्न सहयोग गरेको थियो।विद्यालय तहमा धेरै काम यस्ता हुन्छन् जुन कुनै पनि आर्थिक खर्च बिना गर्न सकिन्छ।त्यसको लागि इच्छा शक्तिको मात्रै कमि हुने गर्दछ।

परियोजना अन्तर्गत

सरोकारवालाको सहभागितामा तयार गरिएका विद्यालय सुधार सम्बन्धी योजना अधिकांश पुरा भएका छन्।तसर्थ परियोजनाले उनीहरुविच उत्साह, सकृयता एवं इच्छाशक्ति जागृत गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो।उनीहरुलाई एकै थलोमा ल्याई खुल्ला छलफल एवं संवाद गराउन सक्यो भने पनि विद्यालयको विभिन्न पक्षमा छलफल भई सकारात्मक उपाया एव पहलकदमी हुन्छ र यसले विद्यालयको सुशासनमा थप सघाउ पुर्याउछ।

विद्यालय,विद्यार्थी एवं अभिभावक पनि आ आफ्ना जिम्मेबारी तथा भूमिकाबारे स्पष्ट हुनुपर्दछ र तिनको राम्ररी पालना गर्नु पनि पर्दछ।यी तीन पक्षले विद्यालय सुशासनमा सकारात्मक भूमिका खेल्न सक्छन्।यसै कुरालाई मध्य नजर गर्दै परियोजनाले विद्यार्थी, शिक्षक एवं अभिभावकसँग सल्लाह र समन्वय गर्दै उनीहरुको लागि आचारसंहिता निर्माण एवं कार्यान्वयन गराउन सहयोगी भूमिका निर्वाह गरेको थियो।

एउटा व्यवस्थित विद्यालयका लागि विद्यार्थीले के कस्ता भूमिका खेल्नु पर्ने हुन्छ । उदाहरणको लागि कक्षाकोठा एवं विद्यालयका सामान के कसरी व्यवस्थित गर्ने, सरसफाइ कसरी कायम गर्ने आदि।त्यसै गरी शिक्षकले के कस्ता भूमिका निर्वाह गरेको खण्डमा विद्यालय वातावरण राम्रो बनाउन सकिन्छ । जस्तैः नियमित रुपमा समयै कक्षामा उपस्थित भई विद्यार्थीको पठनपाठनमा सहयोग गर्ने आदि ।अभिभावकले पनि विद्यार्थी एवं शिक्षकका लागि सहयोगी भूमिका खेल्नु पर्ने हुन्छ ।जस्तैः विद्यार्थीको आवश्यकताबारे विद्यालय एवं शिक्षकसँग नियमित रुपमा सम्पर्क एवं सहकार्य गर्ने आदि । यसरी सबैले आ आफ्ना जिम्मेबारी बहन गर्न सकेको खण्डमा विद्यालय सुशासनमा सुधार गर्न वा अझ व्यवस्थित गर्न सम्भव हुन सक्छ।परियोजनाले विद्यार्थी भर्ना अभियान सञ्चालनका लागि शिक्षक, विद्यार्थी, अभिभावक एवं स्थानीय सरकारसँग समन्वय गरेको थियो।विद्यार्थीका घर घरमा पुगेर अपाङ्गता भएका एवं विद्यालय छाडेका लगायत अन्य विषयमा तथ्यांक संकलन गरेको थियो।अभिभाव र विद्यार्थीलाई विद्यालय भर्ना हुन र विद्यालयका हरेक गतिविधिमा सहभागी हुन उत्साहित गरेको थियो।

त्यस क्रममा विव्यस एवं शिअसंका काम, कर्तव्य र जिम्मेबारी सम्बन्धी पर्चा, पोष्टर एवं प्याम्पलेट वितरण पनि गरेको थियो । यसको प्रमुख उद्देश्य अभिभावकलाई पनि त्यसबारे ज्ञान होओस् र पैरवी गर्न सकुन भन्ने थियो।साथै विद्यार्थीले पाउने छात्रवृत्तिबारे पनि पर्चा, पोष्टर,प्याम्पलेटका साथै स्थानीय
रेडियो स्टेशनबाट सन्देस प्रर्वाह गरिएका थिए भने होडिङ बोर्ड बनाएर विद्यालय प्राङ्गणमा राखिएका थिए।जसको कारण परियोजना सञ्चालन नगरेका भन्दा गरेका विद्यालयमा छात्रवृत्ति पाउने विद्यार्थीको प्रतिशत बढी थियो।तसर्थ,यसले के कुरा ईङ्गित गर्दछ भने सुचना प्रर्वाह गर्यो भने वा पारदर्शिता कायम गर्यो भने विद्यालयको अवस्थामा थप सुधार गर्न सकिन्छ। र,यी सबै कृयाकलापमा अभिभावक, विद्यालय र स्थानीय सरकारसँग समन्वय एवं सहकार्य गर्नुपर्ने हुन्छ ।

माथि उल्लेखित कुरा कुनै नयाँ विषय होइन । बरु सरकारले नै आफ्ना नीति नियममा उल्लेख गरेका विषय हुन । तर यस्ता कुराहरु विद्यालय तहमा व्यवहारिक रुपमा कायम गर्न कठिन भएका मात्र हुन।यसर्थ, क्त्भ्ः क्ष्क्ष् परियोजनाले विद्यमान नीति एवं नियमको पालना गराउनको निम्ति सहयोगी भूमिका निर्वाह मात्रै गरेको हो।

त्यसैले के भन्न सकिन्छ भने अहिले विद्यमान शिक्षा सम्बन्धी मौजुदा एन कानुनको राम्रोसँग पालना गर्न वागराउन सकेको खण्डमा सुधारको सुरुआत गर्न सकिन्छ । नेपाल सरकार र यसका शिक्षा सम्बन्धी संरचनाले विद्यालय तहमा यस्ता एन, नीति एवं नियमको पालना कसरी गराउने भन्ने विषयमा आवश्यकता अनुसारको सहयोग एवं समन्वय गर्न नसकेको देखिन्छ।अहिलेको संघीय संरचनामा विद्यालय शिक्षा हेर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ।तर त्यसको पूर्ण रुपमा कार्यान्वयन हुन अझै बाँकी नै छ किनभने शिक्षा सम्बन्धी नीतिगत प्रावधानले अझै पूर्णता पाउन बाँकि नै छ ।यसर्थ,सार्वजनिक शिक्षामा सुधार गर्न विद्यमान नीति नियमको प्रभावकारी कार्यान्वयन गर्न सकेको खण्डमा पनि सकारात्मक परिवर्तन गर्न सकिन्छ।

लेखक :मर्सिकोर नेपाल कैलालीका शिक्षा संयोजक हुन।

प्रतिक्रिया