काठमाडौं । मोडल अञ्जली अधिकारी कृष्ण महिमा गाइएको भजनमा अभिनय गरेकी छन्।गायक लोक पौडेलको भजन ‘अलमल नगरौं’ मा उनले नृत्य गरेकी हुन् ।उनी पछिल्लो समय म्युजिक भिडियोमा निकै चलेकी मोडलका रुपमा परिचित छन्।
भजनमा समय र उमेर छँदै ईश्वर प्रति भक्तिभाव राख्न र सेवा आराधनामा लाग्न आग्रह गरिएको छ।डा. भोला रिजालको शब्द रहेको भजनमा संगीतकार नरहरि प्रेमीले संगीत भरेका छन्।त्यस्तै कमल सौरागले भजनलाई संगीत संयोजन गरेका हुन्।
भिडियोमा अञ्जली सँगै राज खड्काको अभिनय देख्न सकिन्छ।राज खड्काले निर्देशन गरेको भिडियोमा बुद्ध थापाको छायांंकन तथा विष्णु खड्काको सम्पादन रहेको छ।
प्रतिक्रिया