पार्टी कार्यालय प्रचण्ड–नेपाल समूहको नियन्त्रणमा

वीरेन्द्र रावल् २०७७ पुष ७ गते २३:०३ मा प्रकाशित

धनगढी, पौष ७।साविक नेकपा दुई टुक्रा भए संगै कैलाली स्थित धनगढीमा रहेका् नेकपाको जिल्ला र प्रदेश कार्यालय प्रचण्ड माधव समूहका नेता कार्यकर्ताले नियन्त्रणमा लिएका छन्।मंगलबार दिउसो उनीहरुले दुबै कार्यालय नियन्त्रणमा लिएर बेग्लै ताला लगाएका हुन्।

कैलालीमा जिल्ला अध्यक्ष र प्रदेश अध्यक्षमा प्रधानमन्त्री केपी ओली निकट नेताहरु नेतृत्वमा थिए।जिल्ला अध्यक्ष रतन थापा र प्रदेश अध्यक्ष कर्ण थापा भएकाले ती पार्टी कार्यालयहरु उनीहरुकै निगरानीमा थिए।‘हामीले कैलाली जिल्ला कार्यालय र प्रदेश कार्यालय आफ्नो नियन्त्रणमा लिएका छौं,’साविक नेकपाको कैलाली जिल्ला कमिटि सदस्य दीर्घ जोशीले भने।कैलालीको जिल्ला कार्यालय आफ्नै भवनमा थियो भने प्रदेश कार्यालय भाडाको भवनमा छ।

 

प्रतिक्रिया