प्रवासी नेपाली एकता मंच अमेरिकाको प्रेस बिज्ञप्ति 

इनेप्लिज २०७७ पुष ७ गते १३:४६ मा प्रकाशित

आदरणीय आमाबुवा दाजुभाइ तथा दिदिबहिनीहरु,

स्वदेशको परिस्थिति,बिबसता तथा उत्तम बिकल्प खोज्ने मानबीय स्वभावका कारण लाखौं संख्यामा रहेका हामी प्रवासी नेपालीहरुको आफ्नो मातृभूमी प्रतिको चासो चिन्ता र योगदान स्वदेश मै बस्ने नेपालीहरुको भन्दा कमी छैन । हरेक बिषयमा नेपाल र नेपालीहरुलाई बिझ्दा हामीलाई दुख्छ ! प्रवासी नेपालीहरु सदैब सम्ब्रिद्द नेपाल र शुखी नेपालीको सपना साकार भएको देख्न चाहन्छन र त्यसकालागी हर्सम्भव योगदान गर्न चाहन्छन !

भर्खरै नेपालमा आस्चर्य जनक रुपमा भएको दु:खद सम्सद बिघटनको घट्नाले सारा प्रवासी नेपालीहरु को मन दुखेको छ । लाखौं नेपालीहरुको त्याग तपस्या र बलिदानबाट प्राप्त राजनैतीक प्राप्ती (संघीय गणतान्त्रिक नेपाल ) माथि नै प्रहार भएकोछ । नेपालको संबिधान र आन्तरिक एकतालाई समेत ठाडो चुनौती भएको छ । यसो हुनुमा बिल्कुल निहित ब्यक्तिगत तथा सिमित समुहगत स्वार्थ, अहंकार र निरंकुश शैलिको छाडापन नै मुख्य कारण हो भन्ने प्रवासी नेपाली एकता मंच अमेरिका को ठहर छ भने यसमा राष्ट्रपतीय भूमिका पनि अत्यतै दयनीय र पक्षिय देखिनु थप दु:खत बिषय हो ।

कुनै पनि राष्ट्र तथा संस्थाको प्रमुख कानुन र बिधी भन्दा माथि हुन सक्दैन । एकाद ब्यक्तिको आहम्ता र स्वक्षाचारिताले राष्ट्रले संकट झेल्नु अत्यतै दु:खत हो । सारा नेपालीको सपना राजनैतीक स्थायित्व र सम्ब्रिद्दीको सपनालाई यो घट्नाले गम्भिर कुठाराघात गरेको छ ।

त्यसैले हर्सम्भव यो त्रुटीलाई सच्याउन अनुरोध गर्दै अन्यथा कानुन र बिधीलाई आफुपरक व्याख्या गरेर होइन यथार्थ र कडाइ पूर्वक पालना गरी चुनैतीको सही ढंगले सामना गर्न अनुरोध गर्दछौ साथै बिभक्त र निराशाजनक रुपमा देखिएको राजनीतिक परिद्रिस्य लाई निर्देशित सिद्धान्त र बिबेकपूर्ण तरिकाले सम्बोधन गरी नेकपा कै नेत्रित्वको सरकार द्वारा नेपालमा स्थायित्व र सम्ब्रिद्दी प्राप्त हुने विश्वाश ब्यक्त गर्दछौं ।

अध्यक्ष टेक गुरुङ / महासचिब शंकर पन्त

प्रवासी नेपाली एकता मंच अमेरिका

प्रतिक्रिया