कविता:आजको ताजा खवर

सुशील नेपाल २०७७ पुष ५ गते ०:५४ मा प्रकाशित

हिमाल चूलिएको चूलिएकै छ,
भोको पेटपनि दन् दन् वलेको बलेको बलेइ छ,
धरहरा ढलेको ढलेइ छ,
ढुकुटी रित्तिएको रित्तिएछ,
वे मौषमको उत्सवमा रत्यौली खेलेर,
खादा आफैलाई ओढाएर,
आफूले आफैलाई धाप मारेर,
चोखो हुने युक्ति गरिएकै छ,
यो नेपाल हो,
नयाँ नयाँ गफाडिहरू,
हुल का हुल जम्मा भएर,
आ-आफ्नै भजन गाएका गाएै छन्
निर्वाध,
उता एकनासले हिमाल चुलिएको चुलिएै छ,-
भष्मासुरहरु दाऊमा छन्,
एकले आर्काको पिठ्यूमा छुरा धसेर,
सेतोलाई कालो वनाउंने खेलमा,
मुकुन्डो भित्र को होला भन्न गाह्रो छ,
र यो पनि यथार्थ हो-
थापाथलीमा एकथरी ईमान्न्दारहरू,
त्यो असभ्य नग्नताको कुरा ऊठाउंदा,
खिसि गरेको अपमान् सहन वाध्य छन्
अर्काथरी-
शितल निवासको न्यानो ओछ्यानमा,
मरेको खसमलाई स्यावासी दिंदै,
दरबारको सयलमा गमक्क परेर,
अतीतलाई पर्दा पछाडि छेलेर,
सपनाको स्वर्ग,
विपनामा भोग्दै छन् ,
मान्छेको रूप भएका राक्षसहरु,
सत्रहजारको श्राद्धमा,
काँचो र पाकेको मासुको भोज गरेर,
लम्पट छन् र-
रक्सीको खोलो वगेको वगै छ,
उता हिमाल एकनासले चूलिएको चूलिएै छ,
यता भविश्यले,वर्तमानलाई दोषी ठान्ने ,
डर छ भनें,
सुनिन्छ, कलममा मसी होईन रक्सी भरेर,
आ-आफू अनुसारको कुरो लेखाईदैं छ,
तर नठाने हुन्छ,
सव का सवको पेट हिमालको ऊँचाईले भरेको छ भनेर,
कहिले उत्तरले,
त कहिले दक्षिणले पेलेको पेलइ छ,
तर हिमालले मात्र आफ्नो काम ईमानन्दारीले गरेको छ,
कतै राजा ढलेको छ,
कतै प्यादा राजा भएको छ,
यी यस्तै छ,
अव त, साँचो के हो,
सवैलाई थाहा छ,र
दिन फुत्त फुत्त वितेकै छ,!

१२/१७/२०
राजमित्र प्रांगण,
माल्डेन,वोस्टन,
अमेरीका

सुशील नेपाल

लेखक /साहित्यकार

प्रतिक्रिया