जनमत मासिकको रौतहट अंक सार्वजनिक

इनेप्लिज २०७७ पुष ४ गते ११:५६ मा प्रकाशित

रौतहट,

बनेपाबाट निरन्तर प्रकाशनरत साहित्यिक मासिक जनमतको २७७ कात्तिक अङ्क रौतहट साहित्य विशेष अङ्क भएर प्रकाशित भएको छ।प्रधान सम्पादक मोहन दुवाल रहेको पत्रिका प्रकाशन ३७ वर्षदेखि भइरहेको छ।रौतहट अङ्कलाई गरुडास्थित माध्यमिक विद्यालयको भवनमा सार्वजनिक गरिएको छ।जिल्लाका सर्जकहरुले पत्रिकालाई सामूहिक रुपमा सार्वजनिक गरेका हुन्।

३३ सर्जकको रचना रहेको जनमत मासिकको रौतहट अङ्कलाई हरि जिसी,राम उदित,महिन्दर झा,चाँद चञ्चल,श्याम सहनी चन्द्रांशु,संगीताकुमारी सहनी,रेणु गुप्ता,किशुनदयाल यादव श्रीकृष्ण,सञ्जय साह मित्र र विश्वनाथ सञ्जेलले एकसाथ सार्वजनिक गरेका छन्।

रौतहट अङ्क प्रकाशनको पृष्ठभूमि र पत्रिकाको आवरणमा प्रकाशित फोटोबारे सञ्जय मित्रले प्रकाश पारेको कार्यक्रममा जनमत साहित्यिक मासिक प्रति धन्यवाद पनि व्यक्त गरेका छन्।

प्रतिक्रिया