नेपालमा एकैदिनमा ७८२ कोरोनाबाट संक्रमित ,१६ जनाको मृत्यु

इनेप्लिज २०७७ पुष ३ गते ११:४६ मा प्रकाशित

नेपालमा एकैदिनमा ७ सय ८२ कोरोनाभाइरसबाट संक्रमित भएका छन् । उक्त तथ्याङ्क बिगत २४ घण्टामा आएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २९ जना संक्रमणमुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ ।

निको हुनेको संख्या २ लाख ४१ हजार ३ सय ९२ जना पुगेको छ भने मृतकको संख्या १ हजार ७ सय ६५ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १८ लाख ६१ हजार ४ सय ३० जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ९ हजार ३ सय १७ जना एकान्तवास (आइसोलेसन)र ४२७ जना स्वयम निगरानी (क्वारेन्टिन) मा छन् ।

प्रतिक्रिया