पोखरामा एक बर्षको बच्चा कस्ले लग्यो ? आमा यस्तो अबस्थामा,गरीब माथि यस्तो बर्जपात

इनेप्लिज २०७७ पुष २ गते २३:२० मा प्रकाशित

जिबन भरी संगै बाच्ने सङगै मर्ने कसम खाएर १५ बर्ष अगाडी प्रेम विबाह गरेका गौरब राइको कथा सबैको मन रुवाउने छ ।राम्री श्रीमतिको एका एक मानसीक सन्तुलन गुमेपछि यो सानो परीवारमा ठुलो बर्जपात आइपरेको छ। २ सन्तानको जन्म पछि श्रीमति हराएपछि खोजी गरीदीन कहा कहा दौडेनन तर श्रीमति भेटे सडक छेउमा तर सानो छोरा भेटेनन् जेठो छोरा भने संगै छन सानो छोरा लाई कस्ले लग्यो पतोनै पाएनन ।

श्रीमतिको मानसीक सन्तुलन गुमेपछि गौरब राई यति खेर ठुलो .पीडामा जसो तसो जिबन धानि रहेका छन उनका छोरा आमाको हेरचाह गर्छन बुवा ज्याला मजदुरी गर्न जान्छन पोखरा महानगर पालिका वडा न १७ मा भाडामा बसोबास गर्ने राई को पिडा अन्य मानीसको भन्दा फरक छ आठ कक्षामा अध्ययन गर्दै गरेका छोराको पडाइ छुट्यो आफुलाई जन्मदीएकी आमाकै हेरचाहमा उनको दैनिकी चल्दैछ अचेलत उनलाई संसारै त्यही घर भएको छ संगैका साथि स्कुल जान्छन उनि आमाको हेरचाह गरेर घरमै बस्छन ।

राइ संग आफन्नी श्रीमतिलाई उपचार गराउन लैजाने पैसाको अभाब त छदैछ त्यो भन्दा पनि विहान बेलुकीको छाक टार्ने कुरालेनै विहानी भएपछि मन पोल्ने गर्दछ आज उनै गौरबको बसोबास भएको ठाउमा हामी पुगेका छौ हेर्नुहोस यो भिडीयो

प्रतिक्रिया