रु आठ करोडको लागतमा प्रदेश प्रयोगशाला निर्माण कार्यको शिलान्यास

मनोज दाहाल २०७७ मंसिर ३० गते ११:०९ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,३० मङ्सिर।प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राइले नेपाली जनताको त्याग,वलिदान एवं सर्घषपछि आएको सङ्घीयतालाई कसैले समाप्त पार्न नसक्ने वताउनु भएको छ।

विराटनगर महानगरपालिका–१४ मा निमार्ण हुन लागेको प्रदेश जनस्वाथ्य प्रयोगशालाको आज शिलान्यास गर्नुुहुुदै उहाँले लोकतन्त्र र सङ्घीयतामा नागरिकले विकास निर्माणको अनुभूति गर्न पाएको र प्रयोगशाला निर्माण त्यसको उपहार भएको धारणा राख्नु भयो।

मुख्यमन्त्री राईले सङ्घीयताका कारण सिंहदरवारको अधिकार जनताले आफ्नो घर आङ्गन अनुभूति गर्न सकेको चर्चा गर्दै विगत तीन वर्षको अवधिमा सङ्घीय, प्रदेश र स्थानीय सरकारले विकास निर्माण कार्यमा जनसहभागितालाई जोडेको बताउनु भयो।

उहाँले केही मानिस सडकमा आएर सङ्घीयता विरोध गर्दै अर्को विकल्प चाहियो भन्छन तर आफु सत्तामा हुुँदा वा आफनो पालाको सरकारमा उनीहरुले देश र जनताका लागी के काम गरे भन्ने कुरामा आत्म चिन्तन गर्नुपर्नेमा जोड दिदै मुुख्यमंत्री राईले गणतन्त्रको विकल्प राजतन्त्र कदापी नहुुने वताउनुभयो।

सङ्घीयता नेपाल जनतामा स्थापित गरिसकेकोले अर्को व्यवस्था अव सम्भव छैन उहाले भन्नुभयो।

मुुख्यमन्त्री राईले आम नागरिकलाई गुणस्तरिय स्वास्थयसेवा पुु¥याउनु सरकारको दायित्व भएको हो भन्दै प्रदेश ल्याव सञ्चालनमा आएपछि सवै प्रकारको सेवा सर्वसाधारणले यहाँबाट पाउने वताउनुभयो।

उहाँले प्रदेशमा निर्माण हुने अत्याधुनिक प्रयोशाला लगायतका भौतिक संरचनाले सङ्घीयता कार्यान्वयमा वल पुगेको वताउनुुभयो।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश ल्याव स्थापनाबाट सर्वसाधारण नागरिकलाई आवश्यक चेकजाँचका लागि काठमाडौ तथा भारत जानु पर्ने झन्झटबाट मुक्त हुने बताउदै प्रदेश सरकारले विकास निमार्णमा ठूलो उपलव्धी हासिल गरेको विचार व्यक्त गर्नु भयो।

उहाले प्रदेशमा रहेका दुई सय ल्यावको अनुगन,निरीक्षण,नियमन र गुणस्तरमापन कार्यमा निर्माण हुने प्रयोगशालाले कार्य गर्ने जानकारी दिदै आगामी आठ महिना भित्र प्रयोगशाला सञ्चालनमा आउने बताउनु भयो।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले कोभिड महामारी नियन्त्रणका तीन तह सरकारको सहकार्यमा उल्लेखनीय कार्य भएको चर्चा गर्दै प्रयोगशाला निर्मांणको काम गुणस्तरिय र समयमा सम्पन्न हुुनुपर्नेमा जोड दिनु भयो।

प्रदेस सभासद जयराम यादव,प्रयोगशाला विज्ञ सन्तोष उपाध्याय काफ्ले , सेभ द चिल्डेनका हरि वजगाई,प्रदेश प्रयोगशालाका निर्देशक जयवेन्द्र यादव,प्रयोगशालाका अशोक शिवाकोटी,प्रतिक्षा काकी र प्रकाश कार्कीले लगायतले गुणस्तरीय प्रयोगशाला स्थापना हुनु सिंहदरवार स्थानीयको गाउँघरमा आएको र प्रदेशवासीका लागी गौरव र खुशीको कुरा भएको वताउनु भयो।

सेभ द चिल्डेनको सहयोगमा आठ कठ्ठा १२ धुर जग्गामा रु आठ ८ करोडको लागतमा चार तल्ले प्रयोगशाल भवनमा २५ बटा कोठा रहने छन्।

पहिलो तल्लामा नसर्ने रोगको प्रयोगशाला, दोश्रो तल्लामा सर्ने रोग र तेश्रो तल्लामा पिसिआर परिक्षण प्रयोगशाला सञ्चालनमा आउने छन्।

 

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया