कविता-आन्दोलनकारीको देश

अर्जुन थापा २०७७ मंसिर ३० गते ११:०० मा प्रकाशित

बाटा भरी छरपस्ट छन

च्यतिएका पम्फलेटहरु व्यानरहरु

आधा खरानी बनेको टायर

बेवारीसे छन ढुंगा र इटाका टुक्राहरु

झिसमिसेमा आमा थकित मु्द्रामा आधा टुक्रीएको कुचोले

सकेसम्म बढारेर सफा गर्छिन

यो उनको दैनीकी हो

छोरो दिनभरीको आन्दोलनले थाकेर

रातभरीको छलफलले मातेर

गलेर कुम्भकर्ण बनेको छ

ए अ आमाले

उसलाई खाना तयार पार्नुछ

उ उठेर फेरि आन्दोलनमा जानुछ

बिरोध र्याली निकाल्नु छ

राके जुलुस निकाल्नु छ

कालो पट्टी बाधेर

व्यवस्थाको बिरोध गर्नु छ

यो उसको दैनीकी हो

हिन्दै गरेको वटुवालाई रोकेर

सुत्केरी बोकेको एम्वुलेन्स ठोकेर

बिरामी बाउको औषधी आउने बाटो छेकेर

उ सबैको बिरोध गर्छ यो धर्तीको छाती टेकेर

सवार हुन्छन नेताजी चिल्लो गाडीमा

चौतर्फी सुरक्षा पहरामा मंचमा पुग्छन दुईटा भाषण गर्छन

पर्ररर ताली बज्छ जोसीएर युग फेर्ने हुकार गुन्जन्छ

नेताजी सुरक्षा पहरामा मंचबाट ओर्लन्छन र

उहि सुरक्षामा सवार हुन्छन आफ्नो गन्तव्य

त्यो दिनको आन्दोलन चियापसल हुदै चौक र घरघरको

आगनी मझेरी र ओछ्यान सम्म पुग्छ

भोली फेरि यसैगरी

अर्को पार्टीको आन्दोलन हुन्छ

फेरि अर्को पार्टीको आन्दोलन हुन्छ

हो सधै आन्दोलन हुन्छ

केवल नाम फेरीन्छ

उदेश्य फेरीन्छ

तर अनुहार फेरिदैन

अनुहार फेरिदैन

र त

यहाँ सधै आन्दोलन हुन्छ

तेसैले उनिहरु भन्छन

आन्दोलनको देश

तिम्रो देश आन्दोलनकारीको देश

अर्जुन थापा

 

प्रतिक्रिया