रु तीन करोड ५० लाखको लागतमा ११ विगाहा जग्गामा जेष्ठ नागरिक ग्राम

इनेप्लिज २०७७ मंसिर २९ गते ६:०७ मा प्रकाशित

विराटनगर,२९ मंसिर।प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको जेष्ठ नागरिक ग्रामको आज शिलान्यास गर्नु हुने भएको छ।

मुख्यमन्त्री राई,सामाजिक विकास मन्त्री जीवन घिमिरे जेष्ठ नागरिक ग्रामको आज शिलान्यास गर्ने कार्यक्रम रहेको सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिनुभयो।सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा जेष्ठनागरिक र मानव सेवा ग्राम निर्माण गर्न लागेको हो।

पुर्व मिस नेपाल तथा जेष्ठ नागरिक ग्रामकी डिजाईनर श्रृङ्खला खतिवडा, सामाजिक अभियान्ता रमेश प्रसाई,मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी लगायतको उपस्थिति रहने छ।

डिजाईनर खतिवडाले सामाजिक विकास मन्त्रालयले यसअघि गुरुयोजनाबारे सरोकारवालासँग छलफल र जेष्ठनागरिक ग्रामबारे जनप्रतिनिधि,स्थानीयवासीसँग छलफलमा आएको सुझाव समेटेर गुरु योजनालाई अन्तिम रुप दिईएको बताउनुभयो।

ग्राम निर्माणका लागि सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा रु तीन करोड ५० लाख विनियोजन गरी १० विगाहा १४ कठ्ठा जग्गामा ७२ वटा घरहरु निर्माण लागेको हो।

मन्त्री घिमिरेले भवन निर्माणको शिलान्यास पछि जेष्ठ नागरिक ग्राम निर्माणले गतिलिने र परियोजना सम्पन्न भएपछि अहिले सञ्चालनमा रहेका आश्रमहरु भन्दा जेष्ठनागरिक ग्राम स्तरिय बन्ने सञ्चारकर्मीलाई जानकारी दिनु भयो।

उहाँले ग्राम जेष्ठ नागरिक बेसहराहरुका लागि भन्दा पनि सम्मानजनक रुपमा बस्न सकिन्छ भन्ने अवधारणाबाट शुरु गरिएको बताउनुभयो।ग्राममा चिल्ड्रेन पार्क निर्माण गरिने छ जसलाई भविष्यमा नलेज पार्कका रुपमा विकास गरिने उहाँले बताउनुभयो।

 

प्रतिक्रिया