आइतबार, साउन १० २०७८
काठमाडौं १७:४०
वासिङटन डिसी 07:55

हेम सरिता पाठक फाउन्डेसनको सूचना

इनेप्लिज २०७७ मंसिर २८ गते ४:०९ मा प्रकाशित

एक हजार डलरको भ्रष्टाचार विरुद्धको गीत प्रतियोगिताको समय २०७७ फागुन १५ सम्म थप गरिएको छ।यसअगि २०७७ मङ्सिर मसान्तसम्म तोकिएको थियो ।

हेम सरिता पाठक फाउन्डेसनले एक हजार डलरको “भ्रष्टाचार विरुद्धको गीत प्रतियोगिता” गर्ने जनाएको छ।उत्कृष्ट शब्दलाई यो प्रतियोगितामा पुरस्कृत गरिने र प्रतियोगिताको समय आगामी २०७७ फागुन १५ गतेसम्म तोकिएको सयोजक राधेश्याम लेकालीले प्रेसित गर्नु भएको पत्रमा उल्लेख गर्नु भएको छ।

अमेरिकामा बसोबास गर्दै आउनु भएका समाजसेवीहरु हेम पाठक र सरिता पाठकले सो रकमको ब्यवस्था गर्नु भएको हो।यसअगि पनि एक हजार डलरको “भ्रष्टाचार विरुद्धको कविता प्रतियोगिता” घोषणा भइसकेको छ।

फाउन्डेसनले पत्रकारिताका अलावा सङ्गीत र साहित्यमा पुरस्कारहरु प्रदान गर्दै आएको छ।यस्तै नेपालमा स्कुल संचालन, विपन्नबर्गको लागि घर निर्माण र आयमुलक कार्यक्रमको लागि रकम अनुदानसमेत उपलब्ध गराउदै आएको छ।

गीत प्रतियोगिताको सूचना :

 

भ्रष्टाचार विरूद्ध चेतना जगाउने खालको हुनुपर्नेछ । यस प्रतियोगितामा भाग लिन गीत पठाउने नियम यसप्रकार छन् :

१.आफ्नो गीत इमेल मार्फत पठाउनुपर्नेछ ।

२.गीत रेकर्ड गरेको हुनुपर्नेछ ।

३. कुनै पनि राजनैतिक पूर्वाग्रह र गालीगलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचारहरू र अश्लील शब्दको प्रयोग गरिएको पाइएमा त्यस्ता गीतहरू स्वत: अस्वीकृत हुनेछन् ।

४. एकजना गीतकारले एउटा मात्र गीत पठाउन सक्नेछन । एकभन्दा बढी आएमा स्वतः बदर हुनेछन् ।

५. गीत नितान्त नयाँ र मौलिक हुनुपर्नेछ । गीतकारले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनुपर्नेछ ।

६. प्रतियोगिताका लागि प्राप्त गीतमा अरू कसैको गीतको अंश या नक्कल गरिएको पाइएमा स्वत: अस्वीकृत हुनेछ ।

७. प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आएमा अन्तिम निर्णय संयोजकको रहने छ ।

८. गीत प्राप्त हुनुपर्ने अन्तिम दिन २०७७ फागुन १५ गतेसम्म हुनेछ।

९. पुरस्कार : नगद १०००/- यु.एस.डलर (प्रमाणपत्रसहित) हुनेछ।

१०. यो प्रतियोगिता उत्कृष्ट शब्दको लागि मात्र हुने स्पष्ट गरिन्छ ।

सम्पर्क :

Email : [email protected]
Phone No : 9851059354

आयोजक: हेम सरिता पाठक फाउन्डेसन

भवदीय,

राधेश्याम लेकाली
संयोजक

 

प्रतिक्रिया